७ नम्बर प्रदेशको बजेट २५ अर्ब रुपैयाँ ल्याउने तयारी

 असार १, २०७५ शुक्रबार १३:२३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – ७ नम्बर प्रदेशमा आगामि आर्थिक वर्ष २०७५–२०७६ का लागि प्रदेश सरकारले २५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी छ । केन्द्रीय सरकारबाट मात्र प्रदेशका लागि २१ अर्ब १ करोड ९२ लाख बराबरको सिलिंग आएको छ । 

यसमा प्रदेश सरकारको राजश्व र केन्द्र सरकारको शोधभर्ना समेत गरि प्रदेशको बजेट २५ अर्बको हाराहारीमा पुग्ने देखिएको हो ।

बजेटको पूर्व सन्ध्यामा विहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री वोहोराले आगामि बजेटले समृद्धिको आधार तय गर्ने बताउनुभयो । देश संघीयता पछि पहिलो पटक प्रदेशस्तरमा आउने बजेटमा पूर्वाधार निमार्ण र कृषि पहिलो प्राथमिकता पर्ने जनाइएको छ । 

उहाँले प्रदेश सरकारले ल्याउने बजेट महत्वकांक्षी नहुने कुरामा जनतालाई विश्वस्त हुन आग्रह समेत गर्नुभयो । मानव विकास सूचकांकमा पछाडि परेका यस प्रदेशका पाँच जिल्ला तथा खाद्यान्न समस्या सामाधान र उपभोग्य खाद्य सामग्री सहुलियत दरमा उपलब्ध गराउने जस्ता कार्यक्रमहरु बजेटले समेट्ने जनाएको छ । 

बजेटले प्रदेशका युवाको खेलकुद आकर्षण र मोहलाई पनि सम्बोधन गर्ने जनाइएको छ । प्रदेश अर्थमन्त्री वोहराका अनुसार प्रदेश सरकारले खेलकुद, खेलाडी र खेल रंगशालाको विकासमा जोड दिने छ । प्रदेश सरकारले भने जनअपेक्षा सम्बोधन गर्न बजेट पूर्ण सफल हुने दावी गरेको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया