पर्यटकीय क्षेत्र लाङटाङमा रहेको विमानस्थल बगरमा परिणत

 पुष ७, २०७५ शनिबार ७:१६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – पर्यटकीय क्षेत्र लाङटाङमा रहेको विमानस्थल बगरमा परिणत भएको छ । निर्माण भएको लामो समयसम्म सञ्चालनमा ल्याउन नसक्दा विमानस्थल बगरमा परिणत भएको हो । 

जिल्लाको गोसाईकुण्ड गाउँपालिका–४ क्यान्जिन उपत्यकामा रहेको विमानस्थल ४० वर्षअघि निर्माण भएको थियो । नेपालको मुस्ताङमा भएको खम्पा विद्रोहपछि सीमा सुरक्षाका लागि यहाँ विमानस्थल निर्माण गरिएको हो । 

बिद्रोहको समयमा खाद्यान्न ढुवानीका लागि भनेर निर्माण गरिएपनि कुटनीतिक रूपमा सीमा सुरक्षाका लागि निर्माण गरिएको देखिन्छ । बन्द रहेको विमानस्थल सुचारु गर्न सकिएमा पर्यटकलाई केही दिन बढी राख्न सकिने क्यान्जिनका होटल व्यावसायी कर्मा तामाङले बताउनुभयो । 

‘विमानस्थल सञ्चालनमा आएपछि दुई पटकसम्म उडान भयो, उहाँले भन्नुभयो, त्यसपछि विमानस्थल बन्द भयो ।’ हेलिकप्टर अवतरणका लागि क्यान्जिनमा हेलिप्याड भएपनि सुधार गर्न नसक्दा दुर्घटनाको जोखिम रहेको उहाँको भनाइ छ ।

विमानस्थल निर्माण भएपछि नियमित यात्रु नपाउँदा बन्द गरिएको अर्का होटल व्यावसायी ग्याल्बु लामाको भनाइ छ । ‘त्यतीबेला यात्रु पाउन गाह्रो हुन्थ्यो, उहाँले भन्नुभयो, तर अहिले त यात्रु जति पनि पाइन्छ ।’

लाङटाङ क्षेत्रमा रहेका एक दर्जन हिमश्रृङ्खला हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटक जाने क्रम बढ्दै गएको छ । त्यहाँ पुगेपछि विभिन्न पिक चड्न पाइन्छ । सिजनमा त्यहाँ दैनिक डेड सयदेखि दुई सयसम्म पर्यटक पुग्छन् । 

भूकम्पले क्षति गरेका घरहरू निर्माण भइसकेको कारण पर्यटक बस्नका लागि समस्या नहुने थाङ्स्यापका होटल ब्यावसायी फिन्जो लामाले बताउनुभयो । ‘पछिल्लो समय लाङटाङमा पर्यटक बढेका छन्, उहाँले भन्नुभयो, विमानस्थल सञ्चालनमा ल्याउन सके धेरै राहात हुन्छ ।’ 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया