कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
दाङ – नियमित उडान हुन नसकेको दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ टरिगाउँमा रहेको विमानस्थलमा आधुनिक यात्रु प्रतिक्षालय टर्मिनल भवन बन्ने भएको छ ।
भवन निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले प्रक्रिया समेत अगाडि वढाइसकेको छ । प्राधिकरणले टेण्डर आव्ह्वान गर्दै प्रक्रिया अगाडि बढाएको हो । ६० लाखको लागतमा टर्मिनल भवन निर्माण गरिन लागेको प्राधिकरणले प्रकाशन गरेको टेण्डरमा उल्लेख गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाकाको पहलमा नियमित विमान सेवा सञ्चालन हुन थालेपछि टर्मिनल भवन निर्माणको प्रक्रिया अगाडि बढेको हो ।
विमान सेवा निरन्तर सञ्चालन भए पनि पुरानो भवनका कारणले यात्रुहरुले दु:ख पाउँदै आएका थिए । टर्मिनल भवन निर्माणसँगै यात्रुहरुलाई सहज हुने विश्वास गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।