ललितपुरको लाकुरीभञ्ज्याङमा गोली चल्दा एकजना प्रहरी जवान घाइते

 पुष ७, २०७५ शनिबार १२:३६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – ललितपुरको लाकुरीभञ्ज्याङमा गोली चल्दा एकजना प्रहरी जवान घाइते भएका छन् ।

शुक्रबार बेलुका लाकुरीभन्ज्याङका डीएसपी रमेश तामाङलाई भेट्न गएका रोशन श्रेष्ठले झोलाबाट बन्दुक निकाल्ने क्रममा झुक्किएर पड्कँदा आफैँलाई लागेर घाइते भएका ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी शेखर खनालले जानकारी दिनुभयो ।

घाइते श्रेष्ठको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान गर्न डीएसपी गौतम मिश्रको संयोजकत्वमा छानविन समिति गठन गरिएको उहाँले बताउनुभयो । 

 
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया