ललितपुरको पुल्चोक र भैंसेपाटीमा दुई महिनासम्मका लागि निषेध...
चैत ३, २०८१ सोमबार
धनकुटा – गएको वैशाख २८ गते नेपाल बन्दको आब्हानमा पक्राउ परेका धनकुटा नगरपालिका–६, बाख्रेखोलाका ध्यानबहादुर लामा प्रहरी हिरासतमा रहनुभएको छ ।
लामालाई प्रहरीले गाडीमा ढुंगा हानेको आरोपमा पक्राउ गरेको हो । विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको बेला लामाले प्रहरीको गाडीमा ढुंगा हानेको भन्दै प्रहरीले उहाँलाई विप्लवको कार्यकर्ता रहेको आशंकामा पक्राउ गरेको हो । तर उहाँकी श्रीमती ४५ वर्षीया देवककुमारी लामाले श्रीमान कुनै पनि राजनीतिक कार्यकर्ता नभएको र उनलाई तत्काल रिहाई गर्न माग गर्नुभएको छ ।
वैशाख २८ गते पक्राउ परेका ध्यानबहादुर लामालाई एक महिना बित्तिसक्दा पनि रिहा नगरेकाले तत्काल रिहाको माग गर्दै देवकुमारीले पत्रकार सम्मेलन गर्नुभएको हो । लामालाई पक्राउ गरी प्रहरीले सार्वजनिक मुद्दा दायर गरेको भए पनि लामा जिल्ला प्रशासन कार्यालय धनकुटाको आदेशमा जेठ २४ गते ३० हजार धरौटीमा रिहा हुनुभएको थियो । तर रिहा भए लगत्तै लामालाई पुनः जिल्ला प्रहरी कार्यालय धनकुटाको गेटबाट त्यसै दिन पक्राउ गरी धरान वडा प्रहरी कार्यालयमा राखिएको छ ।
‘मेरो श्रीमान् कुनै पार्टीको कार्यकर्ता हैन’, पत्रकार सम्मेलनमा देवकुमारीले भन्नुभयो, ‘गाडीमा मजदूरी गरेर परिवार पाल्दै आएको व्यक्तिलाई प्रहरीले झुटो आरोपमा पक्राउ गरेपछि गुजारा चलाउन समस्या भयो ।’
उहाँले श्रीमानलाई बिना शर्त तत्काल रिहा गरिदिन राजनीतिक दल, स्थानीय सरकार, पत्रकार, मानवअधिकारकर्मीसँग आग्रह गर्नुभएको छ । लामो समयदेखि सवारी चालकको रुपमा काम गर्दै आएका लामा कुनै पनि पार्टीको कार्यकर्ता नभएको उहाँका आफन्तले दाबी गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।