घना बस्तीमा आगलागी, ८७ घर जले

 पुस ९, २०७५ सोमबार १०:२४:२६ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – पलाँता गाउँपालिका १ को खाडाबस्तीमा आगलागी भएको छ । आगलागीबाट ८७ घर जलेको प्रहरीले जनाएको छ  । आइतबार रातिबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । 

आगो नियन्त्रण गर्न खोज्दा पलाँता १ का कर्णप्रसाद न्यौपाने, देवराज हमाल, बिष्णुऋषि न्यौपाने, करिश्मा न्यौपाने, रत्न न्यौपाने, रत्नलाल न्यौपाने र पचाल झरना ६ की चन्द्ररुपा न्यौपाने सामान्य घाइते भएका छन् । २ भैंसी, २ बाख्रा र १४ गोरु जलेका छन् । खानेपानीको अभाव रहेको खाडाबस्तीमा आगो नियन्त्रण लिन कठिनाइ भएको छ । खाडा खरको छाना भएको पलाँता घना बस्ती हो ।

स्थानीय शिक्षक नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले खरका छाना भएका खाडा गणेश आधारभूत विद्यालय सगैको टोलको बस्तीका आगलागी भएको हो । मानवीय क्षति भने नभएको स्थानीयबासिन्दाले जनाएका छन् ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी र पलाता विकास निर्माण कार्य दलका सदस्य गाउँमा पुगिसकेका छन् । राहत र उद्दारका लागि आवश्यक तयारी भइरहेको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताउनुभयो ।  

    

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया