न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
फागुन २५, २०८१ आइतबार
पर्सा - बारा पर्सामा चल्ने एम्बुलेन्सका चालकको 'ड्रेस कोड' एउटै बनाइने भएको छ । अत्यावश्यक र आपत्कालीन सेवा प्रवाह गर्ने एम्बुलेन्सका चालकको पहिचानका लागि एउटै 'ड्रेस कोड' बनाउने तयारी गरिएको हो ।
सवारी दुर्घटना र व्यवस्थित सवारी संचालनमा ड्रेस कोडको महत्वपूर्ण भूमिका हुने भएकाले बारा पर्साको ट्राफिक व्यवस्थापन चुस्त पार्न सुरुवाती चरणमा एम्बुलेन्स चालकको ड्रेस कोड एउटै बनाउन लागिएको ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक राजकुमार सिंहले बताउनु भयो ।
'ड्रेस कोड'ले एम्बुलेन्स चालकलाई मर्यादित बनाउन सहयोग पुग्ने सिंहले बताउनुभयो । एम्बुलेन्स चालकहरुले पनि अन्य सवारीका चालकले जस्तै ट्राफिक नियम पालना गर्नु आवश्यक छ । तर कतिपय एम्बुलेन्स चालकहरु आफूले ट्राफिक नियम पालना नै गर्नु पर्दैन जस्तै गरि हुँईकिने गर्दा दुर्घटना बढ्ने गरेको छ ।
सैलाई मध्यनजर गर्दै ट्राफिक प्रहरी कार्यालय पर्साले एम्बुलेन्स चालकहरुलाई ट्राफिक नियमका बारेमा जानकारी पनि दिएको छ । श्रब्यदृष्य सामग्रीको माध्यमबाट चालकहरुले पालना गर्नुपर्ने ट्राफिक नियमहरुको बारेमा जानकारी गराइएको थियो ।
संयुक्त एम्बुलेन्स चालक संघ बारा पर्साका अध्यक्ष सैयाद आलमले दुर्घटना न्यूनीकरण गर्न र व्यवस्थित रुपमा सवारी चलाउनु पर्ने रहेछ भनेर चालकहरुलाई उत्तरदायी बनाउन सचेतना कार्यक्रम फलदायी रहेको बताउनुभयो ।
एम्बुलेन्स चालक लालबाबु महतोले आपतकालीन अवस्थामा बिरामीको उद्धार गर्न जाँदा कहिलेकाँही सडक पेटीमै एम्बुलेन्स रोक्न परेको अवस्थामा ट्राफिक प्रहरीले दु:ख दिने गरेको गुनासो गर्नुभयो । अवस्था हेरेर मात्रै कारवाही गर्ने परिपाटी बसाल्न सकिए चालकहरुले दु:ख नपाउने उहाँले बताउनुभयो ।
सचेतना कार्यक्रममा बारा पर्साका एम्बुलेन्स चालकहरुको सहभागिता रहेको थियो । अबदेखि हरेक वर्गका चालकलाई ट्राफिक नियम सम्बन्धमा जानकारी दिन सचेतना कार्यक्रमलाई निरन्तरता दिने ट्राफिक प्रमुख सिंहले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।