आगलागी पीडितलाई प्रदेश सरकारले तत्काल प्रति परिवार २० हजार उपलब्ध गराउने

 पुष ९, २०७५ सोमबार १३:०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत –  कर्णाली प्रदेश सरकारले कालिकोटको पलाता गाउँपालिका १ खाडामा सोमबार बिहान भएको आगलागीमा पीडित परिवारलाई तत्काल प्रति परिवार २० हजार रकम उपलब्ध गराउने  भएको छ । आगलागीबाट ठूलो आर्थिक  भौतिक क्षतिप्रति मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गर्नुभएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयवाट तत्कालै राहत स्वरुप प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने उहाँले बताउनुभएको छ । 

मुख्यमन्त्री शाहीले प्रेस विज्ञप्तिमार्फत घटनाको दुःख व्यक्त गर्दै आगलागी नियन्त्रण, उद्धार तथा राहतको प्रबन्धका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुुभएको छ । घाइते भएका व्यक्तिहरुको उपचारमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन पनि सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । 

मुख्यमन्त्री शाहीले आगलागी पीडितलाई थप राहात र पुनस्र्थापनाको सहयोगका लागि नेपाल सरकार, गृहमन्त्रालय, रेडक्रस तथा अन्य सहयोगी संस्थाहरुलाई आग्रह गर्नुभएको छ । यस्तै, राहत वितणका लागि मुख्यमन्त्री  शाही आजै कालिकोट जान लाग्नु भएको उहाँका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया