काठमाडौंमा राष्ट्रिय औद्योगिक प्रर्दशनी हुने

 पुष ९, २०७५ सोमबार १४:४३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरुको ‘१५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनी २०७५’ पुस १३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने भएको छ ।

देशलाई जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरुको उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ यो प्रर्दशनी आयोजना गर्न लागिएको हो । ७ दिनसम्म चल्ने प्रर्दशनीमा स्वदेशी उत्पादनका गुणस्तरीय जुत्ता, चप्पलका उत्पादनहरु प्रर्दशनीमा राखिनेछ । प्रर्दशनीमा उपभोक्ताका लागि १५ प्रतिशतसम्म छुटको व्यवस्था पनि गरिएको १५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनी व्यवस्थापन मूल समितिका संयोजक नवराज गौतमले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराउनुभयो ।

फुट वेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको सो प्रर्दशनीमा झण्डै १ लाख ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । ‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको त्योे प्रर्दशनीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालमा अहिले जुत्ता, चप्पलको १ हजार ५ सयभन्दा बढी उद्योगहरु रहेका छन । 

अन्तिम अपडेट: फागुन २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया