भारतीय भूमि हुँदै नेपाल- बंगलादेश बिद्युतीय प्रसारणलाइन लाइन छिट्टै !

 पुष ९, २०७५ सोमबार १५:२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उर्जामन्त्री बर्षामान पुनले अब नेपालले भारतीय भूमि हुँदै अन्य देशमा पनि बिजुली बेच्न सक्ने बताउनुभएको छ । भारतले क्रसबोर्डर बिद्युत व्यापार निर्देशिका परिवर्तन गरिसकेकाले अब भारतीय ट्रान्समिसन लाइन मार्फत नेपाल सहित अरु देशले पनि सहमतिका आधारमा आफ्नै ट्रान्समिसन लाइन बनाएर बिजुली बेच्न सक्ने दाबी गर्नुभयो ।

उहाँले त्यसको लागि भारतसँग गहिरो छलफल भैरहेको पनि बतानुभयो । बिशेष गरी नेपाल(बंगलादेश ट्रान्समिसन लाइन उच्च प्राथमिकमा रहेको उहाँको भनाई छ । बंगलादेशले माथिल्लो कर्णालीबाट पाँच सय मेगावाट बिजुली किन्ने सहमति गरिसकेको छ ।

भारतले निर्देशिका परिवर्तन गरिसकेपछि नेपालले बिजुली कहाँ बेच्ने भन्ने चिन्ता नभएको उहाँले बताउनुभयो । पहिले बिजुली किन्न भारतीय कम्पनीको ५१ प्रतिशत लगानी हुनैपर्ने नियम भएकोमा अहिले लगानी जसको भए पनि किन्न सकिने गरी भारतले निर्देशिका परिवर्तन गरेको छ ।
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया