न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
फागुन २५, २०८१ आइतबार
मकवानपुर – तीन नम्बर प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने भएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । विश्वविद्यालय गठनका लागि सामाजिक विकास मन्त्रालयले अध्ययन कार्यदल गठन गर्ने भएको छ ।
यसैगरी बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेका शान्ति पार्क छनोट गरी निर्माण गर्न स्थान छनोट गर्ने, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक सुविधा सम्बन्धी ऐन २०७५ को अनुसूची १ र २ तथा ऐनको संसोधन गर्न बनेको विधेयक स्वीकृत गरेको छ ।
त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको सहकारीमा आधारीत सामूहिक खेती स्किम सञ्चालन गर्ने समेत निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।
बैठकमा मुख्यमन्त्री पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा सहभागी हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।