न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
फागुन २५, २०८१ आइतबार
काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्याकाण्डमा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको बताउनुभएको छ ।
गल्ती गर्ने आफ्नै प्रहरीलाई पनि कारबाही गरेर हत्या प्रकरणलाई टुंगोमा लगाउने गरी सबैखाले विज्ञता प्रयोग गरेर अनुसन्धान भइरहेको उहाँले दाबी गर्नुभयो ।
‘टू बी भेरी ओपेन, टू बी भेरी अनेष्ट’ हाम्रो इमान्दार प्रयास छ’, खनालले भन्नुभयो । प्रहरी प्रधान कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले घटनामा जोसुकै संलग्न रहेको भए पनि अनुसन्धानबाट पत्ता लगाएर कारबाही गरिछाड्ने प्रतिबद्धता जनाउनुभयो ।
‘अनुसन्धानमा केही समय लाग्यो भन्ने गुनासो आइरहेको छ,’ उहाँले भन्नुभयो, ‘हामीलाई पनि जति सक्दो छिटो अनुसन्धान टुंग्याएर अपराधी पत्ता लगाउन पाए हुन्थ्यो भन्ने नै छ ।’
‘विगतमा चाँडो गरौं भन्दा गलत अभ्यास भएको पनि हामीले भेट्यौँ । त्यसैले अब कुनै त्रुटि बिना हतार नगरी अनुसन्धानलाई निष्कर्षमा पुर्याउन गहन अनुसन्धान भइरहेको छ’, खनालले भन्नुभयो । ‘अनुसन्धानलाई मापन गरेर यति नै प्रतिशत पुग्यो भन्न सक्ने अवस्था छैन,’ खनालले भन्नुभयो, ‘परिणाम आएपछि नै सबै कुरा छर्लङ हुन्छ ।’
निर्मला पन्त हत्या प्रकरणमा धेरै आयोग र समिति बने पनि कुनै निष्कर्ष आउन नसकेको भन्ने गुनासो आइरहेको भए पनि संवेदनशील घटनामा विगतमा पनि यस्ता धेरै आयोग र समिति गठन भएको उदाहरण रहेको उहाँले बताउनुभयो ।
‘ललितपुरको बडिखेल हत्याकाण्डमा ४ वटा आयोग र ११ वटा कमिटी बनेको उदाहरण कोट्याउँदै खनालले निर्मला काण्डमा पनि ढिलो चाँडो हत्यारा पत्ता लगाएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । घटनामा जो सुकैको संलग्नता भए पनि कारबाहीको दायरामा आउने भन्दै खनालले साना ठूला भनेर विभेद नगरिने स्पष्टिकरण दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।