पलाँता आगलागी: नष्ट भएका घरको पुनर्निर्माण प्रदेश सरकारले गर्ने

 पुष ९, २०७५ सोमबार १८:२:० | उज्यालो सहकर्मी
unn.prixa.net

कालिकोट - कालिकोटको पलाँता गाउँपालिका-१ को खाडाबस्तीमा आगोले नष्ट भएका घरको पुनर्निर्माण प्रदेश सरकारले गर्ने भएको छ ।

सोमबार अग्नि प्रभावितलाई खाद्यान्न र लत्ताकपडा लिएर खाडाबस्ती पुगेका प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आगोले जलेर नष्ट भएका ८७ वटै घर प्रदेश सरकारले बनाइदिने घोषणा गर्नुभएको हो ।

खाडाबस्तीका अन्य खरको छानो भएका घरलाई पनि विस्थापित गरी बस्ती विकास कार्यक्रम अन्तर्गत पुनर्निर्माण गरिने मुख्यमन्त्री शाहीले बताउनुभयो । यसअघि पनि खाडाबस्तीमा आगलागी भएकोले बस्ती नै अन्यत्र सार्ने वा त्यही ठाउँमा बस्ती विकास गर्ने भन्ने विषयमा प्रदेश सरकारले बैठक बसेर निर्णय लिने उहाँले बताउनुभयो ।

पलाँताका नविन न्यौपानेको घरबाट सल्किएको आगोका कारण ८७ घर जलेर नष्ट भएका थिए भने आगो निभाउने क्रममा ७ जना घाइते भएका थिए । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया