धनगढी विमानस्थलबाट हुने उडान आठ दिनका लागि बन्द

 पुष ९, २०७५ सोमबार १८:५०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

कैलाली – नागरिक उड्यान प्राधिकरण धनगढीले, धनगढी विमानस्थलबाट हुने उडान आठ दिनका लागि बन्द गर्ने भएको छ । वर्षातको पानीले विमानस्थलको धावनमार्गमा केही समस्या आएकोले मर्मतका लागि मंगलबारदेखि उडान बन्द गर्ने प्राधिकरणले जनाएको छ ।

नागरिक उड्यान प्राधिकरण धनगढीका प्रमुख तेजबहादुर बुढथापाले वर्षातको बेला पानीले विमानस्थलको धावनमार्ग दबेकाले मर्मतका लागि पुस १० गतेदेखि १७ गतेसम्म विमानस्थलमा उडान बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

बेलुका ६ बजेपछि विमान कम्पनीहरुले उडान भर्न सक्ने उहाँले बताउनुभयो । ६ बजेपछि साझ बुद्ध एयरले उडान गर्नेछ । विमानस्थल बन्द गर्नका लागि केन्द्रको नागरिक उड्यान प्राधिकरणसँग धनगढीले अनुमति मागेको थियो ।

केन्द्रको नागरिक उड्यान प्राधिकरणले सो समयमा विमानस्थल बन्द गर्न स्वीकृति दिएपछि उडान बन्द गर्ने निर्णय भएको प्रमुख बुढथापाले बताउनुभयो ।
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया