न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
फागुन २५, २०८१ आइतबार
पर्सा - सवारी दुर्घट्ना न्यूनिकरण सम्बन्धी सडक सुरक्षा सप्ताह सोमबारदेखि वीरगञ्जमा सुरु भएको छ । सवारी साधनको पछाडिको भागमा रातमा टल्किने (रिफ्लेक्टीभ) स्टीकर टाँसेर समुदाय प्रहरी साँझेदारीमा अभियानको औपचारिक सुरुवात गरिएको हो ।
ट्राफिक सचेतनाले मात्रै दुर्घटना न्यूनिकरण हुने भएकाले सडक सुरक्षा सप्ताह सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख राजकुमार सिंहले बताउनुभयो ।
अभियानको दोस्रो दिन मंगलबारबाट भने सवारी साधनमा हुस्सु लाग्दा आवश्यक पर्ने फग लाइटक र सवारीको यान्त्रिक अवस्था चेक गर्नुका साथै सवारी साधनको लाइसेन्स ब्लू बुक जाँच गर्ने कामलाई तीव्रता दिने उहाँले बताउनुभयो ।
यस्तै चारचक्के सवारी साधनको क्याबिन तथा वालहरुमा अनावश्यक रुपमा राखिएका लाइट, विभिन्न खाले उत्तेजक पोस्टर तथा फूलमाला पनि हटाउने सिंहले जानकारी दिनुभयो ।
यस्तै सवारी साधनको प्रेसर हर्नमा रोक लगाउने, बजारका विभिन्न स्थानमा ट्राफिक चिन्ह राख्ने, सवारी साधनमा तोकिएको आरक्षण सिटको प्रयोगमा व्यापकता ल्याउनुका साथै क्षमताभन्दा बढी यात्रु तथा मालसामान ओसार पसार गर्ने सवारीलाई कारबाही गर्ने जस्ता कार्यक्रम गरिने उहाँले बताउनुभयो ।
साथै महानगरपालिकासँगको समन्वयमा आवश्यक पार्किङको व्यवस्था मिलाउनुका साथै पार्किङमा राखिने सवारी साधनलाई व्यवस्थित गरिने तथा सडक र फूटपाथका अतिक्रमण हटाउने र सफा राख्ने काम पनि गरिने सिंहले प्रष्ट पार्नुभयो ।
पहिलो चरणमा ट्राफिक सम्बन्धी सचेतना कार्यक्रम गर्ने र त्यसबाट पनि सडक दुर्घटना न्यूनिकरण तथा सवारी आवागमनमा सुधार नभए ट्राफिक नियम अटेर गर्नेहलाई कारबाहीको प्रकृयामा लगिने ट्राफिक प्रमुख सिंहले चेतावनी दिनुभयो ।
यस्तै वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्म भुषालले यही पुस १७ गतेदेखि वीरगंजमा सवारी हर्न निषेध गर्न लागिएको जानकारी दिनुभयो । जथाभावि बजाइने हर्नले ध्वनी प्रदुषण बढ्ने तर हर्न बजाउँदैमा दुर्घट्नामा कमी नआउने भएकोले हर्नलाई पूर्ण रुपमा निषेध गर्न लागिएको उहाँले बताउनुभयो ।
कार्यक्रमको पहिलो दिन प्रदेश ट्राफिक कार्यालय पथलैया बाराका प्रहरी उपरीक्षक किरण बज्राचार्य, स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी तथा सम्बन्धित सरोकारवालाहरुले वीरगंजलाई व्यवस्थित बनाउन अभियानले सहयोग पुग्ने धारणा व्यक्त गरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।