कुलमान घिसिङ मंगलबार भारत जाँदै, इनर्जी बैंकिङसम्बन्धी महत्वपूर्ण सम्झौता हुने

 पुष ९, २०७५ सोमबार १९:४२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाल भारत उर्जा उर्जा आदान प्रदान समितिको बैठकमा भाग लिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबार भारत जाँदै हुनुहुन्छ ।

समितिको यो बैठक इनर्जी बैंकिङका विषयमा केन्द्रित हुने उर्जा मन्त्रालयले जनाएको छ । बैठकमा लामो समयदेखि कुरा चल्दै आएको इनर्जी बैंकिङको विषयमा सम्झौता हुने उर्जामन्त्री बर्षमान पुन अनन्तले जानकारी दिनुभयो । 

सोमबार मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री पुनले भन्नुभयो, ‘नेपाल भारत पावर कमिटिको बैठक भोलिदेखि भारतमा हुँदैछ, सानो परिमाणको इनर्जी बैंकिङ त अहिले पनि कार्यान्वयन भएको छ, तर ठूलो परिमाणको लागि भोलिदेखि हुने बैठकमा राम्रो प्रगति हुनेमा हामी आशावादी छौं ।’

बर्खायाममा नेपालमा बिजुली खेर जाने र हिउँदमा कम भएर भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको छ । यसको अन्त्य गर्न बर्खायाममा नेपालले भारतलाई बिजुली दिने र त्यति नै बिजुली हिउँदमा नेपाल ल्याउनको लागि इनर्जी बैंकिङको अवधारणा ल्याइएको हो ।

भारतका केही ठाउँमा सिँचाइको कारण बर्खायाममा पनि बिजुली अभाव भैरहेकाले भारतले पनि इनर्जी बैंकिङमा चासो दिँदै आएको छ । 

अन्तिम अपडेट: फागुन २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया