न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
फागुन २५, २०८१ आइतबार
काठमाडौं – द्वन्द्व पीडित साझा चौतारीले सरकार र राजनीतिक दलकै कारण द्वन्द्व पीडितहरुले अझैसम्म पनि न्याय पाउन नसकेको जनाएको छ ।
राजनीतिक दल र सरकारको दृढ इच्छाशक्ति र इमान्दार प्रतिबद्धता नहुँदा संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पुग्न नसकेको चौतरीले दाबी गरेको हो । चौतारीले राज्यपक्ष वा तत्कालीन विद्रोही पक्षबाट पीडामा पारिएका परिवारलाई अभियोजन र आम माफीबाट मात्रै न्याय हुन नसक्ने बताएको छ ।
चौतारीले पीडितमैत्री एवं पीडित समुदायको अर्थपूर्ण सहभागिताको माध्यमबाट मात्रै समस्या समाधान गर्न सकिने हुँदा सरकारले त्यसतर्फ ध्यान दिन आग्रह गरेको छ ।
आफूहरुले अघि सारेको अवधारणा प्रति विभिन्न क्षेत्रबाट चासो व्यक्त भएको भन्दै चौतारीले द्वन्द्व पीडितको समस्या समाधान सबै प्रकृया पुर्याएर मात्रै हुनुपर्ने आफूहरुको अडान यथावत रहेको बताएको हो ।
अभियोजन र आममाफीको एकोहोरो बहसमा मात्रै सरकार लागेको भन्दै चौतरीले पीडित मैत्री न्याय नभएसम्म यसको औचित्य नसकिने दोहोर्याएको हो ।
१२ वर्षसम्म पीडितको पीडामाथि खेलवाड भइरहेको र न्याय, आयोग र शान्तिका नाममा पीडित समुदाय झन् पीडित भइरहेको पनि चौतारीको निष्कर्ष छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।