न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
फागुन २५, २०८१ आइतबार
काठमाडाैं - अवैध रुपमा विभिन्न खाडी देश जान लागेका १३ जना नेपाली महिलाको भारतबाट उद्धार गरी मंगलबार नेपाल ल्याइएको छ ।
नक्कली भिसा बनाएर भारतको बाटो हुँदै यूएई, कतार, साउदी अरेबिया, मलेसियालगायत देशमा जान लागेका उनीहरुलाई माइती नेपालले भारतको बेङलोर र गुजरातबाट उद्दार गरी नेपाल फर्काएको हो ।
उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा बुझाउने तयारी भएको उद्धारकर्तामध्येका एक बालकृष्ण पाण्डेले जानकारी दिनुभयो । केही दिन अगाडि पनि अवैध रुपमा विदेश जान लागेका ३७ जनालाई भारतबाटै उद्धार गरी ल्याइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।