सवारी साधन किन्न छुट्याएको बजेट विकास निर्माणमा !

 पुष ११, २०७५ बुधबार १०:८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले सवारी साधन खरिदमा छुट्याएको बजेट विकास निर्माणमा खर्च गर्ने भएको छ ।

गाउँ कार्यपालिकाको बैठकले सवारी साधन खरिद शीर्षकमा विनियोजित ६२ लाख बजेट रकमान्तर गरी विकासमा खर्च गर्ने निर्णय गरेको हो । चालु आर्थिक वर्ष २०७५÷७६ मा गाउँपालिकाले सवारी साधन गरिद गर्न विनियोजन गरेको ६२ लाख रुपैयाँ बजेट रकमान्तर गरी विभिन्न विकास निर्माण तथा सामाजिक कार्यमा खर्च गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो ।

६२ लाखमध्ये सुर्के खोला लघु जलविद्युत आयोजनालाई १० लाख, पात्ले सिँचाइ आयोजनालाई ५ लाख रकम छुट्याइएको छ । त्यसै गरी गुदेलमा बर्थिङ सेन्टर मर्मतका  लागि ४ लाख, वडा नम्बर ४ कोे वर्थिङ सेन्टर मर्मतमा ४ लाख खर्च गरिने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै गाउँपालिकाभित्रको कक्षा ८ को परीक्षा सञ्चालन तथा व्यवस्थापनमा ३ लाखलगायत शीर्षकमा बजेट छुट्याइएको अध्यक्ष किराँतीले बताउनुभयो । 
गाउँपालिकामा अहिलेको अवस्थामा विलासीताका सामाग्रीभन्दा विकास निर्माण आवश्यक रहेकाले सवारी साधन खरिदका लागि विनियोजन भएको बजेट रकमान्तर गरी विकासमा खर्च गरिने निर्णय गरिएको अध्यक्ष किराँतीको भनाई छ ।
     

अन्तिम अपडेट: फागुन २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया