सरकार गठन भएको एक वर्ष पनि नपुगेकाले अहिल्यै आत्तिहाल्नुपर्ने अवस्था छैन: प्रचण्ड

 पुष ११, २०७५ बुधबार ११:३२:८ | उज्यालो सहकर्मी

काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्रै जवाफ दिनुभएको छ ।

व्यस्तताको कारण प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिन नभ्याएपछि प्रचण्डले मात्रै जवाफ दिनुभएको हो । ओलीले बिहीबार मात्रै जवाफ दिने तयारी भएको छ ।

प्रचण्डले स्थायी समिति सदस्यले उठाएका विषय जायज रहेकाले बिस्तारै सम्बोधन गर्दै जाने आश्वासन दिनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा प्रचण्डले सरकार गठन भएको एक वर्ष पनि नपुगेकाले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नआएको धारण पनि राख्नुभयो । नेकपा स्थायी समितिका ४६ जनामध्ये धेरै सदस्यले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गर्नुका साथै मन्त्रिमण्डल पुनर्गठन र अध्यक्षद्धयको राजनीतिक प्रस्ताव परिमार्जन गर्न माग गरेका छन् ।

यसैबीच नेकपाको संसदीय दलको बैठक आज बस्दैछ । दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठकमा पार्टीको नीति र सरकारको कामकारबाहीका बारेमा छलफल हुने नेकपाले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया