श्रीलंकाविरुद्धकाे दोस्रो टेष्ट: पहिलाे पारीमा न्यूजिल्याण्ड १७८ रनमा अल आउट

 पुष ११, २०७५ बुधबार १४:१९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

न्यूजिल्याण्ड र श्रीलंकाबीचको दोस्रो टेष्टको पहिलो दिनमा नै १४ विकेट पतन भएका छन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्ड पहिलो पारीमा मात्र एक सय ७८ रनमा अलआउट भयो ।

उसका एक खेलाडीले मात्र अर्धसतक बनाउन सके । जसमा टिम साउदीले ६८ रन बनाए भने वाटलिङले ४६ तथा रोस टेलरले २७ रनको योगदान गरे ।

न्यूजिल्याण्डको पारीलाई कम स्कोरमा रोक्न सुरंगा लकमलले ५ तथा लहिरु कुमाराले तीन विकेट लिए । जवाफमा श्रीलंकाले पनि पहिलो दिनको खेल सकिँदा ८८ रन बनाएर चार विकेट गुमाएको छ ।

उसका सुरुवाती चार खेलाडी सस्तैमा आउट भए । पहिलो दिनको खेल सकिँदा श्रीलंका ९० रनले पछाडी रहेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया