कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
काठमाडाैं - सरकारले समायोजन फारम भर्न आब्हान गर्दै सूचना जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सूचना जारी गर्दै समायोजन फारम भर्न आग्रह गरेको हो ।
समायोजन फारम अनलाइनमार्फत भर्न सकिन्छ । सरकारी सेवाका कर्मचारीका लागि २१ दिन र संगठित संस्थाका स्थायी कर्मचारीका लागि १५ दिनभित्र फारम भरिसक्न सुचनामा आग्रह गरिएको छ ।
समायोजन डट जीओभी डट एनपी www.samayojan.gov.np मा गएर फारम भर्न सकिनेछ । मन्त्रालयले तयार गरेको सफ्टवेयरमा कर्मचारीले आफ्नो विवरण इन्ट्री गरेर आफू समायोजन हुन चाहेको तह रोज्न पाउनेछन् ।
समायोजनको आधार जेष्ठतालाई मानिएकाले जेष्ठ कर्मचारीले रोजेर बाँकी रहेका ठाउँमा मात्र अन्य कर्मचारीको पदस्थापन गरिने छ ।
सरकारले मंसीर २३ गते जारी गरेको कर्मचारी समायोजन अध्यादेशमा आफूहरुको वृत्तिविकासमा बाधा पुग्ने प्रावधान रहेको भन्दै कर्मचारीले सच्याउनुपर्ने माग गर्दै आएका छन् ।
सरकारी सेवाका कर्मचारीहरुका लागि कर्मचारी समायाेजन सम्बन्धी सूचना - १
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।