प्रतिपक्षको जस्तो व्यवहार नगर्न पत्रकारलाई सभामुख महराको आग्रह

 पुष ११, २०७५ बुधबार १५:७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिपक्षको जस्तो व्यवहार नगर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ ।

सभामुख महराले देश र नागरिकको पक्षमा दृढतापूर्वक उभिदै संसद र संसदीय गतिविधिलाई नागरिक माझ पु¥याई दिन पनि पत्रकारहरुलाई पटक–पटक आग्रह गर्नुभयो ।

बुधबार संसदीय मामिला पत्रकार समाजको नयाँ कार्य समितिलाई पद हस्तान्तरणका लागि सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नागरिकको सार्वभौम अधिकार प्रयोग गर्ने उच्चतम थलोको रुपमा रहेको संघीय संसदको सबै गतिविधिलाई नागरिकमाझ संचार गराउन पनि संसदीय मामिला पत्रकार समाज सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा सभामुख महराले संघीय संसदमा नागरिकको प्रतिनिधिहरुलाई सार्थक छलफल गराउन आफू प्रतिवद्ध रहेकोे पनि स्पष्ट पार्नुभयो । उहाँले संसदको काम कार्वाहीलाई सार्थक बनाउन रचनात्मक सहयोग गर्न पनि संसदीय मामिला पत्रकार समाजका नयाँ नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नागरिकको विश्वास बढाउने दायित्व पूरा गर्ने काममा साथ पनि पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

उहाँले संवैधानिक व्यवस्था अनुसार कानुनहरुको निर्माण तथा संशोधनको काम अघि बढने भएकाले त्यसमा पत्रकारहरुको ठूलो सहयोगको अपेक्षा गरिएको पनि बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले संघीय संसदको हिउँदे अधिवेशनमा विधिसम्मत ढंगले पर्याप्त छलफल गरेर नयाँ कानुन निर्माणको कामलाई अघि बढाउने योजना पनि सुनाउनुभयो । 

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया