जुवेदा खातुनको कथा (भिडियो)

 असार १, २०७५ शुक्रबार २१:२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया बाँसगढी नगरपालिकाकी जुबेदा खातून छोरीसँगै क्याम्पस पढ्नुहुन्छ । बिहान सबेरै घरधन्दा सकेर आमाछोरी साइकल चढेर ५ किलोमिटर टाढाको क्याम्पस पुग्छन् । 

छोरी र छोरीको उमेर सरहका साथीहरुसँग जुबेदा मन लगाएर पढ्नुहुन्छ । उहाँको पढ्ने इच्छाशक्ति देखेर शिक्षकहरुसमेत दंग पर्छन् ।

जुबेदाले बिहेअघि ७ कक्षासम्म पढ्नुभएको थियो । पढ्ने इच्छा बाँकी छँदै बिहे गर्न बाध्य हुनुभएकी उहाँले बिहेपछि पढाईलाई निरन्तरता दिनुभयो । फेरि ७ कक्षामै भर्ना भएर पढ्न थाल्नुभएकी उहाँ अहिले १२ कक्षामा पुग्नुभएको छ । 

उहाँलाई पहिलेदेखि नै धेरै पढ्ने इच्छा थियो । तर आमाबुवाले स्कुल पठाउँदैनथिए । उहाँ भागेर स्कुल जानुहुन्थ्यो । साथीहरुको किताब हेरेर पढ्नुहुन्थ्यो । 

किताबमा पढेको कथाबाट उहाँले पढ्नुपर्छ भन्ने प्रेरणा पाउनुभयो । उहाँलाई अहिले घरपरिवारको पनि साथ छ । 

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • jeevan lama

    June 16, 2018, 11:07 a.m.

    katha hoina bastabikta jindagi ho, ahile pani samajma yasto ghatanaharu chhanai

  •  0 Reply
  • PADAM BK

    June 16, 2018, 10:03 a.m.

    Its very inspiring video.Thanks vidhya ji.Our society (specially traditional)should learn to be ahead.Please support to your wife,daughter and daughter in law.

  •  0 Reply
  • PADAM BK

    June 16, 2018, 10:02 a.m.

    Its very inspiring video.Thanks vidhya ji.Our society (specially traditional)should learn to be ahead.Please support to your wife,daughter and daughter in law.

  •  0 Reply

तपाईको प्रतिक्रिया