मेरो कारणले प्रधानमन्त्री र मन्त्रीहरुको बद्नामी हुन्छ भने राजीनामा दिन तयार छु : दिगम्बर झा

 पुष ११, २०७५ बुधबार १६:५०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफू पदमा नबस्ने स्पष्ट पार्नुभएको छ ।

‘मलाई कुनै पदको लोभ छैन । काम गर्न पाए हुन्छ । भोलि त्यस्तै अवस्था आयो भने, म स्वेच्छाले यो सरकारलाई सजिलो पार्नलाई, जुनसुकै बेला पद छोड्न तयार छु’, झाले भन्नुभयो, ‘किनभने मेरो कारणले यदी सम्मानीय प्रधानमन्त्री र मन्त्रीज्यूहरुको समेत बद्नामी हुन्छ भने म यो पद जुनसुकै बेला छोड्न पनि तयार छु ।’

बुधबार काठमाडौंको एक कार्यक्रममा झाले आफूलाई पदको कुनै लोभ नभएको स्पष्टिकरण गर्नुभएको हो । ‘म जागिर गरेर तलबमात्रै खाएर बस्ने मान्छे होइन, म त काम गर्ने मान्छे हुँ । म सर्भिस डेलिभर गर्न चाहन्छु’, झले भन्नुभयो, ‘म पनि स्वतन्त्र नागरिक हुँ । मेरो पनि मान, सम्मान र सामाजिक र पारिवारिक प्रतिष्ठा छ । मेरो प्रतिष्ठामाथि आँच पुर्याउने गरी नेताज्यूहरुले बोल्नुभन्दा अगाडि कमसेकम अध्ययन गरिहाल्नुहोस् । कसैलाई पनि आरोप लगाउँदा अन्याय नहोस् भनेर सोच्नुपर्छ ।’

यसअघि नेकपा एमालेको स्थायी समिति बैठकमा नेकपाका नेता योगेश भट्टराई, भीम रावल लगायतले झा भ्रष्टाचारमा मुछिएको व्यक्ति भएको भन्दै आलोचना गरेका थिए । अहोरात्र काम गर्दा पनि बिना कुनै कारण सत्तारुढ दल नेकपाका नेताहरुको राजनीतिक झगडामा आफूलाई मुछेर चरित्र हत्या गर्ने प्रयत्न भएकोमा उहाँले आपत्ति जनाउनुभयो ।

‘मलाई बदनाम गरिएको छ । कुनै गल्ती नै नगरेको र आरोप नै नलागेको मजस्तो व्यक्तिलाई आज आरोपित गरिएको छ । उहाँहरुले त भ्रष्टाचारी नै ठहर गरिदिनुभएको छ’, झाले भन्नुभयो, ‘यसप्रति म निकै खिन्न छु । दुखी छु । उहाँहरुको आफ्नो राजनीति होला, तर आफ्नो राजनीतिमा मलाई एउटा गोटीको रुपमा प्रयोग गरिँदैछ । यही दुःखको कुरा हो ।’

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया