कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला हत्या प्रकरणका अपराधिलाई सरकारले नै बचाउन खोजेको दाबी गर्नुभएको छ ।
बुधबारबाट सुरु भएको संघीय संसदको हिउँदे अधिवेशलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो दाबी गर्नुभएको हो । सरकार बनेपछि आजसम्म शान्ति सुरक्षाको स्थितिका बारेमा सबैलाई थाहा छ भन्दै देउवाले आज जताततै बलात्कार र हत्याका घटना बढेको बताउनुभयो ।
कञ्चनपुरकी निर्मला प्रकरणका दोषीलाई सरकार पक्राउ नगरेर लुकाउन खोजेको दाबी पनि उहाँले गर्नुभयो । सरकारलाई प्रश्न गर्दै देउवाले भन्नुभयो, ‘दोषीलाई लुकाउन खोजेको छैन भने किन पक्राउ गर्दैन ? ती विचरा एउटा चौधरी र रावललाई ल्याएर टर्चर दिएर मानसिक स्थिति नै खलबल्याउने काम गर्न मिल्छ ?’
घटनामा संलग्न नै नभएका व्यक्तिलाई टर्चर दिने, उसको मानसिक अवस्था नै खलबल्याउने जस्ता काम गर्नुले अपराधीलाई बचाउन सरकार नै लागेको पुष्टि भएको उहाँले दाबी गर्नुभयो । ‘टर्चर दिएर मानसिक स्थिति नै खलबलिएको छ । त्यस्तो टर्चर दिन पाईन्छ ?’, देउवाले प्रश्न गर्नुभयो, ‘मानसिक अवस्था नै बिग्रीएको छ, त्यसको जिम्मेवारी कसले लिने ?’
‘कसैलाई बचाउनका लागि जबजरजस्ती कसैलाई फसाउन कबुल गर्, कबुल गर्, हो भन हो भन्, भन्ने ? यो पनि कहीँ न्याय हो ? जबजरजस्ती कबुल गराउने ?’, देउवाले आक्रोश व्यक्त गर्नुभयो । देउवाले भन्नुभयो, ‘अपराध गरेकै छैन, उसलाई मान–मान भनेर हुन्छ ? यस घटनाले सरकार नै अपराधी बचाउन लागेको प्रष्ट देखिन्छ ।’
‘सरकार बन्नसाथ नै सबैभन्दा बढी शान्ति सुरक्षा खलबलिएको छ । कहीँ पनि सुरक्षा छैन,’ देउवाले भन्नुभयो, ‘कुनै ठाउँ खाली छैन । नागरिकलाई सुरक्षा दिन नसक्ने सरकारले काम गरेँ, भनेर भाषण गरेर हुन्छ ?’
‘सरकारको पहिलो कर्तव्य भनेको नागरिकमा शान्ति सुरक्षाको आभाष दिनु पर्ने हो तर अहिले त सरकार नै छैन भने जस्तो भएको छ’, देउवाले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।