कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
काठमाडाैं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध संसद र सडक आन्दोलनलाई एकसाथ अघि बढाउने भएको छ ।
नेपाली कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध संसद र सडक आन्दोलनलाई एकसाथ अघि बढाउने निर्णय गरेको हो ।
बुधबार संघीय संसदको हिउँदे अधिवेशन सुरु भएकाे केहीबेर अघि सम्पन्न कांग्रेस संसदीय दलको बैठकले जन सरोकारका विषयलाई लिएर सरकारविरुद्ध सडक आन्दोलनलाई समेत बल पुर्याउने गरी संघीय संसदमा कुरो उठाउने निर्णय पार्टी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनु भयो ।
बैठकले सरकारले ‘कर्मचारी समायोजन अध्यादेश’ संसद छलेर ल्याएकोमा पनि आपत्ति जनाएको छ । त्यसैगरी निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको, जनतालाई करको मारमा पार्ने काम सरकारले गरिरहेको कांग्रेसको आरोप छ ।
संघीय संसदको हिउँदे अधिवेशनमा यिनै विषय उठान गरेर जनसरोकारको विषयलाई सम्बोधन गर्न सरकारलाई दवाव दिने पनि प्रमुख सचेतक खाँडले जानकारी दिनु भयो । राष्ट्रियता, लोकतन्त्रको संरक्षणका लागि सरकारविरुद्ध जस्तासुकै कदम चाल्न पनि पार्टी बाध्य हुने कांग्रेस संसदीय दलको बैठकको निष्कर्ष छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।