कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालमा भएको कामलाई आफ्नो भनेर प्रचार गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।
आजबाट सुरु भएको संघीय संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीले भ्रम छर्ने काम गरेको आरोप लगाउनुभयो । आफ्नो नेतृत्वमा संसदबाट पारित भएको सामाजिक सुरक्षा ऐनलाई आफ्नै कार्यक्रम जस्तो गरेर प्रधानमन्त्री ओलीले ठाउँ–ठाउँमा पर्चा पम्प्लेट टाँसेर भड्किलो प्रचार गरेकोप्रति सभापति देउवाले आपत्ति जनाउनुभयो ।
‘आफूले गर्नु नि !, अर्काले गरेको कामलाई पनि मैले गरेको भन्दिने ?, यो त हद हुन्छ नि ?’, देउवाले भन्नुभयो, ‘मेरो सरकारले निर्णय गरेको छ । साइन गरेको छ । अहिले आएर मैले गरेँ, भनेर भन्दै हिँड्ने ?’
‘एमसीसी मेलम्ची च्यालेन्ज कर्पोरेसनमा अमेरिकाले सबैभन्दा बढी आर्थिक सहयोग गरेको हो नेपाललाई । त्यो पनि मैले गरेको हो भन्ने प्रधानमन्त्रीले ?’, देउवाले अगाडि भन्नुभयो, ‘तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले अमेरिका गएर हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री जस्तो मान्छेले नागरिकलाई भ्रम दिन थाले भने के हुन्छ ? नागरिकलाई ठग्न पाइन्छ ?, प्रधानमन्त्रीले ठग्न मिल्छ ? ल सबै तपाईँले गर्या हो, हामी मान्दिन्छौँ तर काम त गर्नुस न !’
यस्तै सभापति देउवाले सरकारले कर्मचारीलाई दुख दिने गरी अध्यादेश ल्याएको पनि बताउनुभयो । ‘ड्याम्मै निर्णय गरेर लागू हुने वाला छैन’ भन्दै उहाँले कर्मचारीलाई तर्साएर काम नहुने बताउनुभयो । पहिले नै बनेको कर्मचारी ऐनमा आवश्यक संशोधन गरेर समायोजनमा बढ्नुपर्नेमा अध्यादेश ल्याएर आतंकित पार्ने काम गरेको बताउनुभयो । ‘ऐन संशोधन गर्नु छ भने संशोधन प्रस्ताव ल्याउनु नि!,’ उहाँले भन्नुभयो, ‘यो त स्पष्ट रुपमा कर्मचारीलाई आतंकित पार्ने काम हो ।’
कर्मचारी भनेको स्थायी सरकार रहेको भन्दै उहाँले उनीहरुलाई आतंकित पार्ने काम नगर्न पनि सचेत गराउनुभयो । ‘कर्मचारी त स्थायी सरकार हुन्’, देउवाले भन्नुभयो, ‘हामी त आउने जाने हो नि !’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।