अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
लमजुङ – सुन्दरबजार नगरपालिका–६, अन्नपूर्ण टोल निवासी कमल रेग्मीको निधन भएको छ ।
भारतको नयाँ दिल्लीस्थित गंगाराम हस्पिटलमा उपचारका क्रममा पुस १० गते बिहान ४ बजे ४८ वर्षको उमेरमा उहाँको निधन भएको परिवारले जानकारी दिएका छन् । उहाँ कांग्रस समर्थित हुनुहुन्थ्यो । रेग्मी नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिका सचिव हुनुहुन्थ्यो । उहाँ नेपाल तरुण दल जिल्ला कार्य समितिका पूर्व उपाध्यक्ष, पूर्व सचिव समेत हुनुहुन्थ्यो । उहाँ आदर्श बाल मावि बरेटारका पूर्व अध्यक्ष समेत हुनुहुन्थ्यो । यसका साथै उहाँ विभिन्न संघसंस्थामा पनि आवद्ध हुनुहुन्थ्यो ।
भारतबाट रेग्मीको पार्थिव शरीर ल्याई बुधबार पाउँदीस्थित मरानघाटमा दाहसंस्कार गरिएको छ । रेग्मीको पार्थिव शरीरलाई उहाँका दुई छोरी श्रद्धा रेग्मी र श्रष्टा रेग्मीले दिउँसो २:३० बजे दागबत्ती दिएको नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिका मनोनित सचिव किरण पण्डितले जानकारी दिनुभयो । श्रद्धा र श्रष्टा स्नातक तहमा पढ्दै छन् ।
‘रेग्मीको पार्थिव शरीरलाई दुई छोरीले दागबत्ति दिएका छन् । उनीहरु १३ दिनसम्मै बुवाको किरिया बस्नेछन्,’ उहाँले भन्नुभयो । उहाँका अनुसार दाह संसस्कारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्ती, पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, नेपाली कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल, क्षेत्रीय सभापति वृषराज गुरुङ लगायत विभिन्न दलका प्रतिनिधि, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि गरी ५ सय बढी सहभागी थिए ।
स्वर्गीय रेग्मीका बुवाआमा, श्रीमती र दुई छोरी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।