चीनबाट अमेरिका आउने धेरै उत्पादनमा १४५ प्रतिशतसम्म भन्सार शुल्क

 चैत २९, २०८१ शुक्रबार ९:४४:११ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गर्दै पछिल्लो समय गर्नुभएको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत भन्सार शुल्क पुगेको छ ।

चीनबाट अमेरिका आउने धेरै उत्पादनमा १४५ प्रतिशतसम्म  भन्सार शुल्क  ह्वाइट हाउसले पुष्टि गरेको हो ।

अमेरिकाले अरु देशका लागि ९० दिनका लागि थप कर वृद्धिको योजनालाई स्थगित गरे पनि चीनविरूद्ध लगातार कर वृद्धिको घोषणा गरिरहेको छ ।

ट्रम्पले चिनियाँ आयातमा नयाँ करको घोषणा गर्दै कुल कर दर १२५ प्रतिशत पुर्‍याउनु भएको छ । यससँगै ट्रम्पले यो वर्ष चिनियाँ उत्पादनमा लगाएको कुल कर १४५ प्रतिशत पुगेको छ ।

करको बदला कर नीतिले दुई देशबीचको तनाव बढाइरहेको छ । कर वृद्धिको चेतावनीसँगसँगै दुई देशबीच पूर्ण स्तरको व्यापार युद्ध हुने सम्भावना देखिएको छ ।

चीनले अमेरिकासँग नझुक्ने र अन्तिमसम्म लड्ने बताएको छ । अमेरिकी निर्णयको जवाफ दिँदै चीनले पनि अमेरिकी सामानको आयातमा कडाइ गरेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया