कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
सप्तरी – जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर १ का २० वर्षका सुन्दरकुमार सदालाई पक्राउ गरेको छ ।
स्थानीय ७ वर्षीया नाबालिकालाई सदाले घरमा कोही नभएको समयमा चौरीमा लगेर जबरजस्ती करणी गरेको अभियोगमा इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरी टोलीले सदालाई पक्राउ गरेको हो ।
पीडित बालिकाको संवेदनशील अंगबाट रगत बगिरहेको अवस्थामा बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ । स्थानीय क्लिनिकमा प्रारम्भीक उपचारपछि थप उपचारको लागि बालिकालाई धरान रेफर प्रहरीले जनाएको छ ।
पक्राउ परेका सदामाथि आवश्यक थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर २ का प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।