आफूसँग गरेको सम्झौता तोडमोड गरे जुनसुकै बेला सत्याग्रह बस्ने डाक्टर केसीको चेतावनी

 पुष ११, २०७५ बुधबार १८:५८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – डाक्टर गोविन्द केसीले सरकारले आफूसँग गरेको सम्झौता तोडमोड गरे जुनसुकै बेला पनि सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको छ ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केसीले आफूसँग भएको सम्झौता अलिकति पनि तलमाथि गर्ने प्रयास नगर्न सचेत पनि गराउनु भएको छ । आफ्नो अल्टिमेटमलाई अस्वीकार गर्दै तोडमोड गर्ने प्रयास भए यसपछिको लडाईँ माफियाहरुसँग मात्रै नभएर तिनलाई संरक्षण गर्ने, परिचालन गरेर धनी हुन खोज्ने राजनीतिक दलका नेताहरु, पदाधिकारीहरुविरुद्ध केन्द्रित हुने चेतावनी पनि दिनुभयो ।

निजी मेडिकल कलेजहरुलाई सरकारीकरण नगरेसम्म मेडिकल शिक्षामा सही सुधार हुन नदिने लक्षण देखिएको भन्दै डाक्टर केसीले अब बदमासी गर्ने निजी मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्नुपर्ने जोड दिनुभयो ।   

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया