नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
इंग्लिस प्रिमियर लिगमा चेल्सीसँग पराजित भएको सिटी बक्सिङ डेमा लेस्टर सिटीसँग स्तब्ध बन्यो । १० खेलाडीमा सिमित भएको सिटीलाई लेस्टरले २–१ ले हरायो । यता लिभरपुलले भने न्यूक्यासल युनाइटेडविरुद्ध ४–० को जित निकालेको छ ।
जितसँगै लिभरपुलले लिगको आधा समयमा आइपुग्दा ६ अंकको अग्रता लिएको छ । लेस्टरको मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले खेलको १४औं मिनेटमै अग्रता लिए पनि लेस्टरले घरेलु टिमले दुई गोल फर्कायो ।
बर्नाडो सिल्भाले सर्जियो एग्युरोको पासमा उत्कृष्ट गोल गरेका थिए । सिटीको त्यो गोल पाँच मिनेटभन्दा बढी टिक्न सकेन । जेमी भार्डीका पासमा मार्क अबल्राइटनले हेडर गोल गर्दै खेल बराबरीमा पुुर्याए ।
पहिलो हाफमा १–१ गोलको बराबरी भएको खेलमा सिटीले ६५ प्रतिशतभन्दा बढी बल पोसेसन आफ्नो पक्षमा राखेको थियो । उसले लेस्टरको पोस्टमा ११ सट हानेको थियो, जसमा चारवटा फ्रेममा थिए । तर ८१औं मिनेटमा लेस्टरले अग्रता लियो । रिकार्डो परेराले डिबक्स लाइनबाट हानेको सशक्त प्रहार गोलमा परिणत भयो ।
९ मिनेट बाँकी छँदा खाएको गोलले सिटी दबाबमा परेको थियो । त्यही दबाबकाबीच फावियन डेल्फले लेस्टारका खेलाडीलाई खतरनाक फल गरेका कारण सोझै रातो कार्ड पायो । त्यसपछि पनि सिटीले गोल फर्काउन सकेन र लेस्टारलाई तीन अंक छोड्न बाध्य भयो । यो हारका कारण सिटी लिभरपुलभन्दा सात अंकले पछि परेको छ ।
लिभरपुलले न्यू क्यासल युनाइटेलाई ४–० ले हरायो । एन्फिल्डमा भएको खेलमा लिभरपुलले न्यूक्यासललाई हराउनका लागि डेजान लोभ्रेनले एघारौं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
दोस्रो हाफको सुरुमै पेनाल्टी पाउँदा मोहम्मद सलाहले गोलमा परिणत गर्दै लिभरपुललाई २–० को अग्रता दिलाए । ७९औं मिनेटमा जेर्दान शाकिरी र ८५औं मिनेटमा फाविन्होले गोल गरेपछि लिभरपुलले ४–० को शानदार जित निकाल्यो । लिभरपुलले ५१ अंक बनाउँदा सिटी ४४ अंकमा सिमित बन्दै तेस्रो स्थानमा झरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।