प्रधानमन्त्री ओलीद्वारा धरहराको शिलान्यास

 पुष १२, २०७५ बिहीबार १३:५९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्नुभएको छ । भूकम्पका कारण भत्किएको तीन वर्षपछि प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गर्नुभएको हो । 

गएको असोज २४ गतेदेखि नै धरहरा पुनर्निर्माणकमो काम सुरु भए पनि औपचारिक शिलन्यास भने बिहीबार मात्र भएको हो । नयाँ धरहरा बाहिरबाट हेर्दा ११ तला र भित्रबाट भने २२ तलाको हुनेछ । भूकम्पले भग्नावशेष बनेको धरहराको बाँकी भागलाई संरक्षण गरी नयाँ भूकम्प प्रतिरोधी सुरक्षित धरहरा बनाउन थालिएको हो । धरहरा ३ अर्ब ४५ करोड रुपैयाँमा २ वर्षभित्र पुनर्निर्माण सक्ने गरी जीआईईटीसी रमन जेभी कम्पनीले ठेक्का पाएको हो । 

यसैबीच, भूकम्पपछिको पुननिर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम थालेको चार वर्ष लागेको छ । पटकपटक भएको नेतृत्व परिवर्तनलगायत कारणले पुनर्निर्माणको काम प्रभावकारी हुन नसकेकोमा प्राधिकरणको आलोचना हुने गरेको छ ।

तर प्राधिकरले भने अहिलेसम्म निजी आवास पुननिर्माणको काम ४५ प्रतिशत सकिएको, अनुदान सम्झौता गरेकामध्ये ९९ प्रतिशतले पहिलो किस्ताको अनुदान रकम लिएकाले आउँदो असारसम्म निजी घर पुनर्निर्माणको काम सक्ने दावी गर्दै आएको छ । 

प्राधिकरणका अनुसार ७ हजार ५ सय ५३ शैक्षिक संस्था पुननिर्माण गर्नुपर्नेमा १ हजार ९ सय २१ शैक्षिक संस्था बन्न बाँकी छ । यसैगरी १ हजार १ सय ९७ मध्य १ सय ४५ स्वास्थ्य संस्था, १ सय ५५ सरकारी भवन, ८ सय ९५ गुम्बा र ३ सय ९ पुरातात्विक एंव सांस्कृतिक सम्पदाको पुननिर्माण भैरहेको छ । 

स्थापना दिवसको अवसरमा प्राधिकरणलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सीमित स्रोत साधनका कारण पुननिर्माणको काम सुस्त भए पनि पुननिर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । 
 

अन्तिम अपडेट: फागुन २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया