वार्ता टोलीको निष्कर्ष : सीके राउतसँग वार्ता गर्नै पर्दैन, विप्लवको गतिविधि नियन्त्रण गर्नुपर्‍याे

 पुष १२, २०७५ बिहीबार १४:२०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – विभिन्न द्वन्द्वरत पक्षसँग वार्ता गर्न गठन भएको ‘राजनीतिक वार्ता टोली–२०७५’ ले प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । 

गएको भदौ ८ गते मन्त्रिपरिषदले सोमप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय राजनीतिक वार्ता टोली गठन गरेको थियो । सिंहरदरबारमा बिहीबार पत्रकार सम्मेलन गर्दै संयोजक पाण्डेले २३ वटा विभिन्न समूहसँग औपचारिक वार्ता गरेको जानकारी दिनुभयो । त्यस्तै तीनवटा समूहले आफूसँग भएको हतियार बुझाएर मूलधारको राजनीतिमा प्रवेश गरेको संयोजक पाण्डेले जानकारी दिनुभयो । 

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहसँग वार्ता टोलीका संयोजक र सदस्यहरुले पटक–पटक वार्ताको प्रयास गरे पनि चासो नदेखाएको संयोजक पाण्डेले बताउनुभयो । उहाँले विप्लव समूहसँग आउँदो दिनमा वार्ताका लागि प्रयास गरिनेसमेत बताउनुभयो । साथै विप्लव समूहले गरेका अवैधानिक गतिविधि नियन्त्रण गरी कानुन कार्यान्वयन प्रक्रियालाई कडाईका साथ अगाडि बढाउन उपयुक्त हुने टोलीले निष्कर्ष निकालेको छ । 

त्यस्तै नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता, अखण्डतालगायत संविधान तथा राज्यविरुद्ध गतिविधि गर्ने सीके राउत समूहसँग वार्ता गर्नु नपर्ने टोलीको निष्कर्ष रहेको छ । साथै राउत समूहका क्रियाकलापलाई सरकारले चनाखो हुँदै नियन्त्रण गर्नुपर्ने संयोजक पाण्डेले बताउनुभयो । 


 

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया