कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
काठमाडौं – गैरआवासीय नेपाली संघ(एनआरएन)ले आफूहरुलाई पनि नेपाली नागरिकसरह नागरिकता पाउने कानुनी व्यवस्था गर्न सरकार र संघीय संसदलाई आग्रह गरेको छ ।
एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिकसरह नागरिकता पाउने कानुनी व्यवस्था गर्न संघीय संसद र सरकार दुवैलाई आग्रह गर्नु भएको हो । बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उहाँले राष्ट्र निर्माण गर्ने अभियानमा आफूहरुलाई पनि सहभागी गराउन गैरआवासीय नेपाली नागरिकलाई पनि नेपाली नागरिकसरह नागरिकता लिन पाउने व्यवस्था गर्न संघीय संसद र सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
विद्यमान कानुनमा गैरआवासीय नेपाली नागरिकहरुलाई राजनीतिक अधिकार कटौती गरी नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने व्यवस्था गरिएको छ । त्यसप्रति संसद र नेपाल सरकारप्रति आभार व्यक्त गर्दै संस्थापक अध्यक्ष महतोले राजनीतिक अधिकार पनि समावेश गर्न सरकारसँग माग गर्नुभयो । उहाँले गैर आवासीय नेपालीहरु राष्ट्र निर्माणको अभियानमा प्रतिवद्ध रहेको पनि समितिलाई जानकारी गराउनुभयो ।
एनआरएनका अध्यक्ष भवन भट्टले पनि गैर आवासीय नेपालीहरु नेपाललाई समृद्ध बनाउन प्रतिवद्ध रहेकोे उल्लेख गर्दै त्यसमा शंका नगर्न समितिका सदस्यहरुलाई आग्रह गर्नु भएको थियो । उहाँले नेपालको समृद्धिको अभियानमा गैर आवासीय नेपालीहरु सहयोगको दायरा बढाउन अझै क्रियाशील भएर लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले गैरआवासीय नेपालीलाई सम्बन्धित देशकै नेपाली दूतावासबाट नागरिकता लिन पाउने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले गैर आवासीय नेपालीहरुको भावी पुस्ताले पनि नेपाली नागरिकता पाउने व्यवस्था गर्न सरकारले अप्ठयारो मान्न नहुने धारणा पनि राख्नुभयो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णभक्त पोखरेलले गैरआवासीय नेपालीहरुको ज्ञान, सीप र पूँजी राष्ट्र निर्माणका लगाउने गरी आवश्यक कानुनी प्रबन्ध गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले बाध्य भएर कामको खोजीमा विभिन्न देशमा बस्न पुगेका नेपाली नागरिकको मागलाई ध्यानमा राखेर आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गरिएको पनि स्पष्ट पार्नुभयो ।
विधेयकमा गैरआवासीय नेपालीहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार हुने गरी नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने प्रस्ताव गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।