सपथ ग्रहणका लागि दीपक मनाङेले दिए निवेदन

 पुष १२, २०७५ बिहीबार १८:१२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की –  राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणको लागि निवेदन दिएका छन् । अघिल्लो साता मात्र सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएका उनले बिहीबार लिखित निवेदन दिएका हुन् । 

गएको वर्ष मंसिर १० गते भएको प्रदेशसभा चुनावमा उनले स्वतन्त्र उम्मेदवारी दिएर मनाङ मनाङ ‘ख’ बाट जितेका थिए । सपथग्रहण गरिपाउँ भन्ने विषयको निवेदन प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेशसभा सचिवालयका उपसचिव नारायणप्रसाद अधिकारीले बताउनुभयो । निवेदन दर्ता भए पनि बाँकी प्रक्रिया भने कानुनअनुसार नै हुने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो । 

गण्डकी प्रदेशको प्रदेशसभा नियमावली अनुसार बिनाजानकारी लगातार १० बैठकमा उपस्थित नहुने प्रदेशसभा सदस्यको पद खारेज हुने व्यवस्था छ । तर अहिलेसम्म उनको पद खारेज भएको पनि छैन साथै उनले जितेको स्थानमा उप–चुनाव पनि भएको छैन । 

विभिन्न घटनामा संलग्न भई डनको छवि बनाएका मनाङे प्रदेशसभा छिर्नुअगावै गएको वैशाखमा ज्यान मार्ने उद्योग अन्तर्गत कारागार चलान भएका थिए । 
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया