कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
सिन्धुपाल्चोक – बाह्रबिसेबाट कर्थली जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि एकजना घाइते भएका छन् ।
बा १४ छ ५६८१ नम्बरको जीप दुर्घटना हुँदा मान्दे तामाङको घटनास्थलमै ज्यान गएको हो । त्यस्तै कर्थलीकै राजकुमार विक घाइते हुनुभएको प्रहरी निरीक्षक यादव थापाले जानकारी दिनुभएको छ ।
जीप चालक भने फरार रहेका छन् । बाह्रबिसेबाट कर्थली जाँदै गर्दा दरुम्थली भन्ने ठाँउमा जीप दुर्घटनामा परेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।