कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
काठमाडौं – सरकारले ‘योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम’ कार्यान्वयनका लागि सक्दो सहयोग गर्न श्रमिक संघ, संगठनहरुलाई आह्वान गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनका लागि सक्दो सहयोग गर्न सबै श्रमिक संघ, संगठनहरुलाई आह्वान गर्नु भएको हो ।
शुक्रबार काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदमा बोल्दै उहाँले कार्यक्रमको कार्यान्वयनका लागि सरकारले आवश्यक नियमावली, निर्देशिका र कार्यविधि तयार पारिरहेको पनि जानकारी दिनुभयो । योगदान गरेका श्रमिकहरुले औषधि उपचार र पेन्सनसहितको सुविधा पाउने गरी सरकारले कार्यक्रम घोषणा गरेको थियो । मन्त्री विष्टले विद्यमान ऐनको प्रभावकारी कार्यान्वयन गर्दै श्रमिकहरुको हितको प्रवर्द्धन गर्न सरकार प्रतिवद्ध रहेको दावी पनि गर्नुभयो ।
मन्त्री विष्टले श्रमिकहरुको हक, हितको उचित व्यवस्था गर्न सरकार क्रियाशील रहेको पनि बताउनु भयो । श्रमिक, रोजगार दाता कम्पनी र सरकार तीनै पक्षबीचको संयुक्त छलफलबाट श्रमिकहरुको श्रमको सम्मान गर्ने मन्त्री विष्टको योजना छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।