कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
काठमाडौं – आफूलाई महासम्बोधी गुरु बताउने रामबहादुर बमजन यौन दुराचारी र हत्यारा भएको भन्दै बमजनकै आश्रमबाट बेपत्ता भएका तीनजनाको परिवारले उनीमाथि कडा छानबिन गर्न सरकारसमक्ष माग गरेका छन् ।
बमजनको आश्रमबाट बेपत्ता भएका आफ्ना परिवारका सदस्यलाई खोजी दिन तीन परिवारले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेल गरेर सरकारलाई आग्रह गरेका हुन । मकवानपुर र नुवाकोटबाट आएका तीन परिवारले बमजनको आश्रममा अनुसन्धान गर्न र वर्षौंदेखि बेपत्ता पारिएका आफन्त खोजी दिन सरकारलाई आग्रह गरेका हुन् ।
बौद्ध धर्मको एक संगठन अहिंसावादी धर्म चक्र संघका महासचिव प्रेम दोर्जे लामाले बमजनको आश्रमबाट हराएका डोल्मो र चुन्मोलगायत अन्य आनी र चेलाको खोजी गर्न माग गरे । यो संगठनमा मकवानपुरकी डोल्मो र नुवाकोटकी चुन्मोका परिवार पनि आवद्ध छन् ।
लामाले भन्नुभयो, ‘सुरूमा दुवै हाम्रो गुम्बाका आनी थिए । पछि बमजनतिर लागेर उतै आश्रममा बस्न थाले, अहिले उनीहरू बेपत्ता भएको भन्दै परिवारका सदस्य हामीलाई सोध्न आइरहनुभएको छ । हामीले पनि खोज्यौं, भेटेनौँ । अब राज्यले खोज्दिनुर्पयो ।’
सुरुमा आफ्नो संगठनले बमजनलाई तपस्वी नै मानेर सहयोग गरेको उल्लेख गर्दै लामाले भन्नुभयो, ‘उहाँ तपस्या बसेको बेला सहयोगको अपेक्षा गरेपछि संघको तर्फबाट सहयोग गर्यौ, जब गढीमाई रोक्छु भनेर उहाँले हामीलाई विभिन्न कार्यक्रम गर्न लगाउनुभो । जसो–जसो भन्नु भो, त्यसै गरेका थियौं । अनि आफैं भाग्नुभयो । त्यसपछि भने हामी अलग्गियौं ।’
गढीमाई रोक्छु भनेका बमजन आफैं दुई महिना बेपत्ता भएको उहाँले बताउनुभयो । महिनापछि उहाँ फर्केर बाराको हलखोरिया आएपछि फेरि आफूहरू उहाँको दर्शन गर्न गएको उहाँले दाबी गर्नुभयो । हराएर फर्किँदा बमजनका साथमा एकजना महिला पनि आएकी थिइन। ‘त्यो बेला पनि तीन चोटी ढोगेर दर्शन गरेका थियौं । यत्रो दिन तपाईं कहाँ जानुभयो ? भनेर सोध्यौं । सँगै बसेको महिलाका बारेमा पनि सोध्यौं’, उहाँले सुनाउनुभयो ।
आफू कहाँ हराएको भन्नेबारे फरक–फरक कुरा गरेको दोर्जेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसपछि भने हामीहरू पूर्ण रूपमै बमजनसँग अलग्गिएका हौं । हाम्रा आनी पनि त्यो समूहमा गएका थिए । बेपत्ता छन् । कि मरेको छ भन्नुर्पयो कि त कहाँ छन् पत्तो लाग्नुर्पयो ।’
उहाँले बमजनका आश्रमहरूमा राज्यले अनुसन्धान गर्नुपर्ने माग गर्नुभयो । बमजनको आश्रमबाट २०७१ माघदेखि बेपत्ता भएकी डोल्मोका दाजु र बुवाले पनि पत्रकार सम्मेलनमा राज्यसँग यस्तै आग्रह गर्नुभयो । ‘मेरी छोरीले बमजनको आश्रमबाट फोन गरेकी थिई । पछि हामी भेट्न जाँदा छैन भन्छन्,’ उहाँले भन्नुभयो, ‘हामीले धेरै ठाउँ खोज्यौं, भेटेनौं । अब राज्यले खोजी दिनुर्पयो र खबर गर्नुर्पयो ।’
डोल्मोसँगै बेपत्ता भएकी उहाँकी साथी नुवाकोटकी चुन्मोकी दिदी गंगामाया पनि पत्रकार सम्मेलन गर्न काठमाडौं आउनुभएको थियो । उहाँले आफ्नी बहिनी बमजनको आश्रममा गएपछि नफर्किएको बताउनुभयो । ‘२०६८ सालमा बमजनको आश्रममा गएपछि उनी घरमा एकपटक आएकी थिइन्’, उहाँले भन्नुभयो, ‘त्यो बेला एकरात बसेर बमजनकै आश्रममा फर्केकी उनी अहिलेसम्म सम्पर्कमा आएकी छैनन् ।’
‘मेरो बहिनी आएको बेला मैले भेट्न पाइनँ । त्यसपछि टाढा–टाढा भयो । घर आउन पनि छोड्यो,’ उहाँले भन्नुभयो, ‘गुरूलाई धेरै मान्थ्यो । तर आश्रममा छैन भन्छन् ।’ बमजनले बुङमतीमा लगाएको पूजामा भेटिन्छ कि भनेर खोज्न गएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आफैँ आएन । हामी खोज्न कहाँ जाने ? त्यही पनि बुङमतीको पूजामा खोज्न आएको बमजनका मान्छेले बहिनीको फोटो देखाउँदा यो त अहिंसावादीको सीआइडी हो, निस्केर गयो भन्छ, अरू कुरा भन्दैन, गुरू (बमजन)ले टेकेको माटो पनि शक्ति हुन्छ भन्थ्यो । मरेको भए लास पाउँ, जिउँदो भए भेट्न पाउँ ।’
त्यस्तै पत्रकार सम्मेलनमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वनस्पति चोकका महिन्द्र वाइवाले पनि आफ्ना बुवा खोजी दिन आग्रह गर्नुभएको छ । उहाँले आफ्नो बुवा २०७१ चैतदेखि बमजनको आश्रमबाटै बेपत्ता भएको बताउनुभयो ।
‘चैतको १४ गते बमजनको आश्रमबाट १७ गते आउँछु भनेर फोन गर्नुभएको थियो । १० दिन पुग्दा पनि आउनुभएन । म सिन्धुपाल्चोक गएँ, त्यहाँ एउटा बाजेले निस्केर गइसक्यो भन्नुभयो,’ उहाँले भन्नुभयो, ‘तर बुवा घरमा आउनुभएको छैन । राज्यले खोजीदिनुर्पयो ।’
यी तीनै परिवारले आफ्ना बुवा, बहिनी र छोरी खोजी दिन भन्दै प्रहरीमा जाहेरी दिएको पनि जानकारी गराएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।