कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
काठमाडौं – निजामती कर्मचारीले ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ मा रहेका विभेदकारी प्रावधानको विरोधमा शुक्रबार माइतीघर मण्डलामा विरोध कार्यक्रम गरेका छन् ।
सेवा प्रवाहलाई प्रभावित नहुने गरी कर्मचारीले कार्यालय समयपछि शान्तिपूर्ण रुपमा विरोध गरेर अध्यादेशमा रहेका विभेदकारी प्रावधान हटाउन सरकारलाई दवाव दिएका हुन् । उनीहरुले कर्मचारी संघीयता कार्यान्वयनको विरोधी नभएको र जुनसुकै ठाउँमा गएर काम गर्न तयार भएको तर सेवा प्रवेश गर्दाका शर्त सुविधा तथा वृत्तिविकासका अवसरबाट बञ्चित गर्न नहुनेमा जोड दिएका छन् ।
निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० बमोजिम नियुक्त एवम् कार्यरत कर्मचारीहरुको वृत्तिविकास समान रुपमा कानुनमै सुनिश्चित गर्नुपर्ने कर्मचारीको माग छ । यस्तै संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐेन जारी गरेर मात्र कर्मचारी समायोजन अघि बढाउनुपर्ने साथै संघ, प्रदेश र स्थानीय तहमा निजामती कर्मचारीको समायोजन गर्दा एउटै प्रणाली अर्थात श्रेणीगत वा तहगत कायम हुनुपर्नेमा कर्मचारीले जोड दिएका छन् ।
उनीहरुले आफ्ना माग पूरा नभएसम्म विरोधका कार्यक्रम जारी राख्ने तथा कर्मचारी समायोजनका लागि आवेदन नदिने आव्हान समेत गरेका छन् । सरकारले पुस ११ गते २१ दिनको समयसीमा राखेर कर्मचारी समायोजनका लागि आवेदन खुला गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।