कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
सर्लाही – सर्लाहीको सागरनाथ वन विकास परियोजनामा अतिक्रमण गरी बनाएको ५३ वटा घर टहरा शुक्रबार हटाएको छ।
बागमती नगरपालिका(२, धरहर क्षेत्रमा गएको पाँच वर्षदेखि अतिक्रम गरेर बनाएका त्यस्ता घरटहरालाई सागरनाथ वन विकास परियोजना, डिभिजन वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली हटाएको हो।
अतिक्रमित क्षेत्रमा बनेका घर–टहरा र जग्गा खाली गर्न सुरु गरिएको सर्लाहीका प्रहरी प्रमुख एसपी पोष्षराज पोख्रेलले जानकारी दिनुभयो । सुरक्षाकर्मीको संयुक्त टोलीले केही दिनभित्र साविकको हरिवन, ढुग्रेखोला, कर्मैया, शंकरपुर, राजघाट, जानकीनगर लगायतका क्षेत्रमा अतिक्रम गरी खेती गरिएको झण्डै २६ सय हेक्टर परियोजनाको वनलाई खाली गर्ने परियोजनाले जनाएको छ।
यसभन्दा अघि पनि सागरनाथ वन परियोजनाले १२ सय हेक्टर जग्गाको अतिक्रमण हटाएको थियो । यसै वर्षभित्र अतिक्रमणमा परेको सम्पूर्ण वन क्षेत्र खाली गराएर आउदो बृक्षारोपण गरिने सागरनाथ वन विकास परियोजनाले जनाएको छ । सागरनाथ वन विकास परियोजनाको अतिक्रमित १२ सय हेक्टर वन क्षेत्र बागमती नगरपालिकामा पर्दछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।