काठमाडौंको गोकर्णमा रहेको धागो उद्योगमा आगलागी

 पुष १४, २०७५ शनिबार १२:४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा रहेको भगवती धागो उद्योगमा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।  

भारतीय नागरिक लक्ष्मण दुबेले गोकर्णेश्वर नगरपालिका –४, को उत्तरबाहिनी चोकमा सञ्चानल गरेको भगवती घागो उद्योगमा  शनिबार बिहान सवा ४ बजे विद्युत सर्ट भएर आगलागी भएको महानगरीय  प्रहरी प्रभाग काठमाडौले जनाएको छ । 

आगलागीबाट मेसिन,जेनेरेटर गायत अल्लो, उनजस्ता कच्चा पदार्थ जलेर नष्ट भएका छन् ।  सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मध्यपुर थिमि नगरपालिका र जूद्व वारुणलगायतको सहयोगमा सहयोगमा आगो नियन्त्रणमा  लिइएको प्रहरीले जनाएको छ । 

 

 

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया