वर्षासँगै काठमाण्डौको वायु प्रदूषण अति अस्वस्थ अवस्थाबाट सुधार ...
चैत २८, २०८१ बिहिबार
भोजपुर – भोजपुर बसपार्कबाट धरानका लागि छुटेको को १ ख ३०५९ नम्बरको यात्रुबस सदरमुकाम नजिकैकोे देउरालीमा ब्रेक फेल भई दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । बसमा सवार यात्रुमध्ये चालकसहित आठजना गम्भीर घाइते भएका छन् ।
भोजपुर सदरमुकामबाट धरानको लागि बिहान ११ बजेको छुटको बस ब्रेक फेल भई पल्टिँदा बसले किचेर अरुण गाउँपालिका–३, प्याउलीकी ४९ वर्षीया हेमकुमारी कार्कीको घटनास्थलमै ज्यान गएको थियो ।
१६ जना यात्रु बोकेको सुम्निमा पारुहाङ यातायातको यात्रुबस दुर्घटनामा पर्दा रामप्रसाद राई गाउँपालिका–८, बासीखोराका किशोर राई, अरुण गाउँपालिका–३, प्याउलीकी दिलमाया कार्की, प्याउलीकै विष्णुमाया कार्की, भोजपुर नगरपालिका–१०, भैँसीपंखाकी सिताकुमारी राई, भोजपुर सदरमुकामकी गोमा तामाङ, महालक्ष्मी नगरपालिका–४, धनकुटाका पुष्पबहादुर पौडेल, लिकुवापोखरी संखुवासभाका भुवनसिं तामाङ र विराटनगर घर भएका बस चालक आशाराम सरदार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घाइते सबैको जिल्ला अस्पताल भोजपुरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।