कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
काठमाडौं – चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भको संगमस्थल हो पर्साको ठोरी ।
ठोरी प्रदेश २ कै एक मात्र प्राकृतिक धरोहर पनि हो । यति मात्रै होइन, देशकै मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज नाकाको विकल्पमा पनि ठोरी स्थापित हुँदै गइरहेको छ ।
ठोरीलाई कृषि र पर्यटनमा आत्मनिर्भर बनाउँदै त्यसको सम्बद्धनका लागि भन्दै शुक्रबारबाट पहिलो ठोरी महोत्सव सुरु भएको छ ।
‘कृषि, पर्यटन र व्यापारबाट समृद्धिको खाका कोरी, पुस १३ देखि २३ सम्म जाऔँ है ठोरी’ भन्ने मुख्य नाराका साथ सुरु भएको महोत्सवमा कृषि प्रदर्शनी, हस्तकलाका सामाग्रीहरु, स्थानीय परिकारका खाना नास्ताका स्टलका साथै बैँक तथा वित्तीय संस्था, अटोमोबाइल, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामाग्री, गार्मेन्ट, जुत्ता तथा चप्पल, निर्माण सामाग्रीलगायतका स्टलहरु छन् ।
विशेषगरी कृषि र पर्यटन प्रवर्दनलाई मध्यनजर गर्दै महोत्वस आयोजना गरिएको आयोजक कपुरबोट मिडिया प्रालिका अध्यक्ष संतोष देउजाले जानकारी दिनुभयो ।
‘ऐतिहासिक, धार्मिक, सांस्कृतिक, जातीय विविधता र प्राकृतिक सौन्दर्यताको हिसाबले ठोरी रमणीय गन्तब्य हो’, देउजाले भन्नुभयो, ‘यसको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेकाले देशैभर ठोरीका बारेमा जानकारी दिन महोत्सव आयोजना गरिएको हो ।’
महोत्सव अवलोकनका साथै स्थानीय कृषि सामाग्रीको खरिदका लागि स्थानीय दर्शक तथा पर्यटकको सुरुकै दिनबाट भीड लाग्न थालेको देउजाले बताउनुभयो । ठोरीको रमणीय क्षेत्र अवलोकनका लागि विशेषगरी भारतीय पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । अग्रेजी नयाँ वर्षका दिन मात्रै हजारौँको सख्यामा भारतीयहरु घुम्न आउने गर्छन ।
भारतीय सीमासँंगै जोठिएको ठोरीको राइधारास्थित खुला चौरमा आयोजित महोत्सव ठोरी गाउँपालिकाको मुख्य सहयोगमा आयोजना गरिएको हो । पुष २३ गतेसम्म चल्ने महोत्सवमा ५८ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको र झण्डै २ करोड ५० लाखभन्दा बढीको कारोबार हुने अपेक्षा राखिएको देउजाले जानकारी दिनुभयो ।
नेपाल र भारतका गरी झण्डै एक लाख ५० हजारभन्दा बढी दर्शक महोत्वस अवलोकन गर्न आउने लक्ष्य राखिएको पनि उहाँले बताउनुभयो । महोत्सवमा पशुपति शर्मा, प्रमोद खरेल, प्रिति आले, कमल खत्री, पहिलो नेपाल आइडल बुद्ध लामा, निशान भट्टराई, ज्योती मगर, सुनिल पंडितलगायत स्थानीय तथा भारतीय गरी दुई दर्जन कलाकारहरुको सांगितिक तथा मनोरञ्जनात्मक प्रस्तुति समेत हेर्न पाइने आयोजक अध्यक्ष देउजाले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकाम वीरगञ्जमा मात्रै महोत्सव केन्द्रीत हुँदा ठोरी जस्तो पर्यटकीय क्षेत्र ओझेलमा पर्दै गएकोले यहाँको प्राकृतिक सौन्दर्यता देखाउनका लागि पनि कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
यहाँ आएर महोत्वस गर्नु चुनौतीपूर्ण रहे पनि ठोरीको पहिचान र समृद्धि देखाउनका लागि चुनौती मोलेको देउजाले बताउनुभयो । ठोरीलाई जिल्लाबाटै उपेक्षा भइरहेको अवस्थामा ‘आफैले केही गर्नु पर्छ’ भन्ने उदेश्यका साथ महोत्वसलाई सफल पार्न लागि परेको ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले बताउनुभयो ।
यो महोत्वसले ठोरीको मात्रै नभई समग्र तराई मधेसकै पर्यटन प्रवर्दधनमा मद्धत पुर्याउने उहाँले बताउनुभयो । महोत्सवको शुक्रबार कृषि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।