निर्मलाको लागि न्याय माग्दै प्रधानमन्त्री निवास अगाडि प्रदर्शन

 पुष १४, २०७५ शनिबार १४:८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रर्दशन गरिएको छ ।

विवेकशील साझा पार्टीको नेतृत्वमा ‘न्यायको खोजीमा निर्मलाहरु’ ब्यानरमा शनिबार प्रधानमन्त्रीको सरकार निवास अगाडि बालुवाटार चोकमा प्रर्दशन गरिएको हो ।  ‘न्याय मर्न नदिऔं, सत्य हार्न नदिऔं’ भन्ने नारासहित उपस्थित प्रर्दशनकारीले शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी प्रशासनसहित गृहमन्त्री पनि असक्षम भएको दाबी गरे ।

उनीहरुले आपराधीक कार्यको अनुसन्धान गर्न प्रहरी असक्षम भएकाले प्रहरीलाई तत्काल अपराध अनुसन्धान सम्बन्धी विशेष तालिन दिन पनि माग गरे । पन्तको बलात्कार पछिको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न माग गर्दे काठमाडौंलगायत देशभर दिनहुँ प्रर्दशन भइरहेका छन् ।

तर घटनाको पाँच महिना बितिसक्दा पनि सरकारले दोषी पक्राउ गर्न सकेको छैन । प्रहरीले अनुसन्धानको नाममा र्निदोषलाई नियन्त्रणमा लिई यातना दिएर अपराध कबुल गराउन लागि परेको भन्दै विरोध हुँदै आएको छ ।

पछिल्लो समय प्रदीप रावल र विशाल चौधरीलाई अपराध कबुल गर्न दवाव दिँदै प्रहरीले चरम यातना दिने काम गरेको भन्दै अधिकारकर्मीहरुले मानवअधिकार रक्षाप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया