तत्कालीन राजा वीरेन्द्रको ७४ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइयाे

 पुष १४, २०७५ शनिबार १४:१९:४२ | उज्यालो सहकर्मी

काठमाडाैं - तत्कालीन राजा वीरेन्द्र शाहको ७४ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

जन्मजयन्तीको अवसरमा शुभचिन्तक तथा उनीप्रति विशेष श्रद्धा गर्नेहरुले शनिबार ललितपुरको जाउलाखेलमा रहेकाे वीरेन्द्रको शालिकमा माल्यार्पण गरी  तत्कालीन राजा वीरेन्द्रको सम्झना गरेका छन् । पारिवारिक जमघटको समयमा २०५८ जेठ १९ गते दरबारभित्र चलेको गोलीकाण्डमा उहाँको निधन भएको थियो ।

त्यस क्रममा रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिकारकुमार निराजन, छोरी श्रुति लगायत आफन्तहरुको पनि निधन भएको थियो । दरबार हत्याकाण्ड आज सम्म रहस्यमै रहेको छ । २०१७ सालमा महेन्द्रले स्थापना गरेको पञ्चायती शासनविरुद्ध आन्दोलन चर्किँदै गएपछि वीरेन्द्रले २०३६ सालमा जनमत संग्रह गराउनुभएको थियो ।

उहाँले कांग्रेस वाम आन्दोलन चर्किएपछि २०४६ सालमा पञ्चायती व्यवस्था हटाई प्रजातन्त्र पुनः स्थापना गर्दै आफूलाई संबैधानिक राजाको रुपमा सीमित राख्नुभएको थियो । उहाँलाई प्रजातान्त्रिक राजाको रुपमा पनि हेर्ने गरिन्छ ।

विक्रम सम्बत् २००२ पुस १४ गते तत्कालीन राजा महेन्द्र र रानी इन्द्रराज्यलक्ष्मीको पहिलो पुत्रका रुपमा जन्मिएका वीरेन्द्रले बुबा महेन्द्रको निधनपछि २०२८ माघमा राजगद्दी सम्हाल्नुभएको थियो । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया