इजरायलले गाजामा गरेको पछिल्लो सैन्य आक्रमणमा ४६ जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
चर्चित भारतीय चलचित्र बाहुबलीका निर्देशक एस. एस. राजामौलीका छोराको बिहेमा बलिउड तथा दक्षिण भारतीय दिग्गज कलाकारहरु जयपुर पुगेका छन् ।
राजामौलीका छोरा कार्तिकेयको विवाह पूजा नामकी युवतीसँग भोलि अर्थात डिसेम्बर ३० का दिन कूकस भन्ने ठाउँमा रहेको सेभेन स्टार होटेलमा हुने कार्र्यक्रम छ । उनीहरुको इन्गेजमेन्ट यसै वर्षको सेप्टेम्बरमा भएको थियो ।
यो विवाहलाई अझै भव्य बनाउनका लागि राजामौलीले विशेष तयारी गरेका छन् । यो भव्य विवाहका लागि कलाकारहरु शुक्रबारबाटै जयपुर पुग्न थालिसकेका छन् । स्टार कलाकारहरुको एअरपोर्टदेखि विवाह अघिका कार्यक्रमका तस्बिर तथा भिडियोहरु सामाजिक सञ्जालमा भाइरल हुन थालिसकेका छन् ।
राजामालीका छोरा कार्तिकेयको विवाहमा स्वदेशी रीतिरिवाज अनुसार संगीत, मेहन्दीजस्ता कार्यक्रमहरु पूरै नियमअनुसार आयोजना गर्ने प्रबन्ध मिलाइएको छ । विवाहका लागि राजामौलीका परिवार परिवार जयपुरमा पहिले नै पुगिसकेका थिए भने सामाजिक सञ्जालमा अहिले दुलाहा कार्तिकेय र दुलही पूजाका तस्बिरहरु निकै भाइरल भइरहेका छन् ।
एअरपोर्टमा पूजाले हल्का गुलाबी र सेतो रंगको साधारण सुटमा तथा कार्तिकेयले पहेंलो रंगको कुताए लगाएको तस्बिरहरु सार्वजनिक भएका थिए । यसबाहेक बाहुबलीको सम्पूर्ण टिम नै जयपुर पुगिसकेको छ ।
बाहुबलीका कलाकारलगायत दक्षिण भारतीयका साथै बलिउड कलाकारहरु प्रभास, राण दग्गुबाती, अनुष्का शेट्टी, जुनियर एनटिआर, नागार्जुन, राम चरण, जगपति बाबूलगायत सुस्मिता सेन पनि विवाह समारोहका लागि जयपुर पुगिसकेका छन् । सामाजिक सञ्जालमा बाहुबली टिमसँग राजामौलीले गरेको डान्स अहिले भाइरल भइरहेको छ ।
यी भिडियोहरुमा राजामौलीसहित प्रभास, राण दग्गुबाती र अनुष्का शेट्टी मिलेर डान्स गरिरहेका देखिन्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।