कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
भोजपुर – भोजपुर बसपार्कबाट धरानका लागि छुटेको को १ ख ३०५९ नम्बरको यात्रुबस सदरमुकाम नजिकैकोे देउरालीमा ब्रेक फेल भई दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । बसमा सवार यात्रुमध्ये चालकसहित १० जना गम्भीर घाइते भएका छन् ।
भोजपुर सदरमुकामबाट धरानको लागि बिहान ११ बजेको छुटको बस ब्रेक फेल भई पल्टिँदा बसले किचेर अरुण गाउँपालिका–३, प्याउलीकी ४९ वर्षीया हेमकुमारी कार्कीको घटनास्थलमै ज्यान गएको थियो ।
बसमा १६ जना यात्रु बोकेर धरान जाने क्रममा सुम्निमा पारुहाङ यातायातको यात्रुबस पल्टिँदा रामप्रसाद राई गाउँपालिका ८, बासीखोराका किशोर राई, अरुण गाउँपालिका ३, प्याउलीकी दिलमाया कार्की, प्याउलीकै विष्णुमाया कार्की, भोजपुर नगरपालिका १०, भैँसीपंखाकी सीताकुमारी राई, भोजपुर सदरमकामकी गोमा तामाङ, महालक्ष्मी नगरपालिका ४, धनकुटाका पुष्पबहादुर पौडेल, लिकुवापोखरी संखुवासभाका भुवनसिंह तामाङ, भोजपुर नगरपालिका १० भैँसीपंखाकी दिलमाया तामाङ, झापा विर्तामोडका विनोद भुषाल र विराटनगर घर भएका बस चालक आशाराम सरदार गम्भीर घाइते भएका थिए ।
घाइतेमध्ये गम्भिर घाइते भएका विष्णुमाया कार्की, दिलमाया कार्की, सीताकुमारी राई र बस चालक आसाराम सरदारलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको जिल्ला अस्पताल भोजपुरले जनाएको छ । अन्य घाइतेलाई प्राथमिक उपचारपछि घर फर्काइएको अस्पतालले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।