कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
काठमाडाैं – बोधि श्रवण धर्म संघले आफ्ना गुरु राम बहादुर बम्जनमाथि लगाइएका आरोपहरु निराधार, भ्रामक र कपोकल्पित रहेको स्पष्ट पारेको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार सम्मेलन गरेर हालै आनी बनेर आश्रममा बसेका केही मानिसहरु बेपत्ता पारिएको भन्दै आफ्नो गुरु बमजनमाथि कपोकल्पित आरोप लगाएको जिकिर गरेको हो ।
संस्थाका संस्थापक अध्यक्ष एवम् पूर्वमन्त्री मणि लामाले राम बहादुर बम्जन महासम्बोधि धर्म संघ गुरु भएको दाबी गर्नुभएकाे छ ।
उहाँले भन्नुभयाे,‘२०७१ सालसम्म कुनैपनि चेला र चेली राख्ने, आनी बनाउने प्रचलन थिएन, आनी बन्ने प्रक्रिया २०७१ सालपछि सुरु भएको हो, त्यसको सम्पूर्ण रेकर्ड हामीसँग छ, सम्बन्धित व्यक्तिको परिवार र अभिभावकको स्वीकृति बिना कोही पनि आनी राखेका छैनौं, राख्नपनि हाम्रो धर्मले मिल्दैन, जे÷जति छन् त्यसको बारेमा जिम्मेवारी र संस्थाले खेल्नुपर्ने भूमिका खेल्छ, गुरु कुनै एक स्थानबाट अर्को स्थानमा जानु अगाडि नेपाल सरकारको गृहमन्त्रालय र स्थानीय प्रशासनसँग पत्राचार गरेरमात्रै भ्रमणमा निस्किनुहुन्छ, गुरुको सम्पुर्ण जानकारी नेपाल सरकारसँग छ ।’
६ वर्ष लामो तपस्यापछि महासम्बोधि गुरुको रुपमा बम्जन प्रकट भएको उल्लेख गर्दै उहाँले भन्नुभयाे,‘अहिले उहाँमाथि कपोकल्पित र झूठा आरोप लगाएर बद्नाम गर्ने काम भएको छ, यो कुरा जायज छैन, उहाँ आत्मा र परमात्माबीचको सेतुको रुपमा चोला फेर्नुभएको हो, धमिरा लागेको शरीरमा अग्नि बलेर सेता कपडामा परिणत हुनुभएको हो, हामीलाई विश्वास छ, उहाँमाथिको आरोप पूरा भ्रम हो, सुनियोजित रुपमा प्रहार गरिएको हो।’
त्यस्तै बोधि श्रवण धर्म संघका केन्द्रीय सदस्य एवम् पूर्व माओवादीका नेता भूमिनन्द देवकोटाले बम्जनका विरुद्धमा षड्यन्त्रपूर्वक प्रहार गरिएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो,‘म उहाँको भक्त पनि होइन, न त म उहाँको चेला नै हो । तर, उहाँको बारेमा विधावारिधि गर्नको लागि म उहाँसँग नजिएको व्यक्ति हुँ, मैले जुन विश्वास गरेको छु, त्यसको आधारमा भन्नुपर्दा उहाँमाथि देशी-विदेशीहरु लागेर मौलिक धर्ममाथि प्रहार हुँदैछ, उहाँ यस धर्तीमा महान मानिसको रुपमा जन्मिनुभएको छ, संसारका महान व्यक्तिहरुमाथि यस्ता आरोप लाग्ने गरेको इतिहास छ, जिससलाई किला गाढेर मारियो, महात्मा गान्धिलाई गोली हानेर हत्या गरियो, यस्ता धेरै दुष्टान्तहरु छन्, महान व्यक्तिहरुको जीवनमा यस्ता घट्नाले आक्रमण गर्ने काम हुन्छ । तर, आरोपहरु लागिसकेपछि सत्य कुरा बाहिर आउनुपर्छ।’
उहाँले अघि थप्नुभयाे,‘आफूहरुलाई पीडित भन्नेहरुलाई आश्रममा प्रवेश निषेध छैन्, आनी बन्नेहरुको बारेमा सबै रेकर्ड हुन्छ, सबै जानकारी रहन्छ, यो धर्मले शून्यतावादको मान्यता मान्दछ, मानिसहरुको बीचमा रङ्ग विभेदको अन्त्य चाहन्छ, गुरु स्वयमले विवाह गर्नु भएको छ, अरुलाई पनि विवाह गर्नुहोस् भनेर भन्नुहुन्छ, उहाँ बुद्ध धर्म मान्ने मानिस पनि होइन, ३४ मिनेटसम्म शरिरमा आगो लाग्यो त्यसपछि महान ज्ञानको भण्डारको रुपमा देखा पर्नुभएको हो, यो छलेर वा ढाँटेर हुने कुरा होइन, सरकारले सत्य÷तथ्य छानबिन गरोस्, हामी पनि यही चाहन्छौं ।’
कार्यक्रममा संस्थाका सह–सचिव मैत्रीय केवल, पूर्व अध्यक्ष कमानसिंह लामा, केन्द्रीय सदस्य ढुण्डिराज बम्जन, जस बहादुर वाइवालगायतले बम्जनमाथि लागेका आरोपहरुको खण्डन गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।